कोबासले गर्‍यो कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ साउन, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० स्थित कोबास सेकेन्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ ।

शनिबार विराटनगरको होटल मनास्लु इनमा एक कार्यक्रमको आयोजना गरी कोबास कलेजले नयाँ भर्ना भएका २९औं ब्याचका विद्यार्थीहरूलाई स्वागत गरेको हो ।

Advertisement

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले ११ का छात्रछात्रालाई नृत्य, नाटक, अतिरिक्त क्रियाकलापमार्फत स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रिन्सिपल सुनीलकुमार श्रेष्ठले कक्षा ११ मा व्यवस्थापन, होटल म्यानेजमेन्ट, विज्ञान र कम्प्युटर साइन्सतर्फ तीन सय ५० विद्यार्थी भर्ना भएको जानकारी दिए ।

प्रवेशिका परीक्षामार्फत् छानिएका उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दै प्रिन्सिपल श्रेष्ठले कोबासा भूतपूर्व विद्यार्थीहरूजस्तै नयाँ विद्यार्थीहरूलाई सफलतातर्फ अग्रसर बन्ने शुभेच्छा प्रकट गरे ।

उनले भने, ‘आँखा खोलेर हेरेको सपना पूरा हुने हो । पठनपाठनको सिलसिलमा शिक्षकहरूसँग दुखेसो, गुनासो हुन सक्छ । त्यी सब गुनासो, दुखेसो सफलताले मेटाउन सक्छ । मेहनत गर्नाले सपना पूरा हुन्छ । अनुशासन नहुँदा सफलता त के एक असल नागरिक पनि बन्न सकिँदैन । यसैले अनुशासित भई मेहनत गर्नुहोस् ।’

देश तथा विदेशमा व्यवस्थापनतिर दखल राख्ने, प्रभाव राख्ने व्यक्तिहरू कोबासबाट दीक्षित भएका विद्यार्थीहरू भएको उल्लेख गर्दै उनले भने, ‘उहाँहरूको सफलताले कोबासको शीर ठाडो भएको छ । यसैगरी सबैले मेहनत गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै कलेजका सञ्चालक सुमन कालिकोटेले विराटनगरलाई देशभरिकै एजुकेसन हबका रूपमा चिनाउन कोबासमात्र नभएर हरेक विद्यालय उत्कृष्ट हुन जरूरी रहेको सुनाए ।

‘विद्यार्थीको सपना साकार गर्न हामी तल्लीन छौं, यसमा विद्यार्थी र शिक्षकमात्र नभएर अभिभावकले पनि साथ दिनुपर्छ । यसरी विद्यालय-विद्यालय मिलेर विराटनगरलाई शैक्षिक हबका रूपमा प्रस्तुत गर्न सक्छौं । कोबास मात्र उत्कृष्ट भएर हुँदैन ।’

कलेजकी व्यवस्थापन समिति अध्यक्ष प्रिया सारडाले अनुशासित भई अध्ययन गर्दै आफ्ना आमा-बुबाको सपना साकार गर्न विद्यार्थीलाई सुझाव दिइन् ।

एनएमबी बैंकका कोशी प्रदेश प्रमुख सन्तोष बुढाथोकीले संगत राम्रो गर्दै प्रविधिको भरसक्दो सदुपयोग गरी अध्ययन गरेमा बजारले चाहेअनुसारको जनशक्ति बन्न सकिने औंल्याए । कोबास कलेज वर्तमानमा मात्र भविष्यमा अनि कोशी प्रदेशमा मात्र नभएर देशकै अब्बल शिक्षालय बनाउन विद्यार्थीको पनि प्रमुख भूमिका हुने उनको भनाइ छ ।

निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङका अध्यक्ष प्रेम सुवाल, पूर्वअध्यक्ष सावित्री पराजुलीलगायतले मेहनत, लगनशीलताका साथ अगाडि बढ्न भन्दै विद्यार्थीहरूलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा कलेजका अध्यक्ष, प्रिन्सिपललगातयले विभिन्न बैंकका शाखा प्रमुखसमेत बनिसकेका पूर्वविद्यार्थीहरूलाई सम्ममान पनि गरेका थिए ।

कक्षा १२ का विद्यार्थीहरूले विराटनगरको टच डान्स स्टुडियोमा नृत्य प्रशिक्षण गरी कार्यक्रममा प्रस्तुत गरेर उपस्थित अभिभावक, शिक्षक तथा नवआगन्तुक विद्यार्थीहरूलाई मनोरञ्जन दिलाएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०