बर्जु, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-२ नम्बर वडा कार्यालयले निःशुल्क आखा जाँच शिविर आयोजना गरेको छ ।
बिहीबार बर्जु-२ वडा कार्यालयको आयोजनामा पूर्वी नेपालको पहिलो आँखा अस्पताल रामलाल गोल्छा आँखा अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञहरूद्वारा आँखा जाँच शिविर भएको हो ।
वडाअध्यक्ष महेन्द्रप्रसाद कामतको अगुवाईमा भएको शिविरमा दुई सय ४५ जनाले सेवा लिएका थिए । जसमध्ये ४५ जनामा मोतिबिन्दुको समस्या देखिएको वडाध्यक्ष कामतले जनाए ।
उनीहरूलाई मोतिबिन्दुको शल्यक्रिया हिमालयन क्याटराक्ट प्रोजेक्टको सहयोगमा निःशुल्क हुने वडाध्यक्ष कामतले जानकारी दिए ।
हरेक व्यक्तिले प्रत्येक ६-६ महिनामा आँखा जाँच गराउनुपर्ने भएकाले फेरि ६ महिनापछि पुनः शिविर गरिने उनको प्रतिबद्धता छ ।
शिविरमा वडासचिव कैलाशराज केसीको समेत सहयोग रहेको थियो भने स्थानीय दृष्टि विशेषज्ञ अनिल कामतलगायत कार्यालय सहयोगीहरू र स्थानीय रेडियोको ग्राफरहरूको सहजीकरण रहेको थियो ।