विराटनगरको एभरेष्टमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ साउन, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-५ स्थित एभरेष्ट स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरिएको छ ।

बिहीबार कञ्चनजंघा बैंकेटमा भव्य कार्यक्रमको आयोजना गरी एभरेष्टमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् ।

Advertisement

१२ कक्षाका विद्यार्थीहरूले विभिन्न नृत्य, गायन, सायरी वाचनलगायतका कला प्रस्तुत गर्दै ११ का नयाँ विद्यार्थी, उनीहरूका अभिभाक तथा स्कुलका शिक्षक-शिक्षिकालाई मनोरञ्जन गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य टीकाराम पुरीले हरेक विद्यार्थीले भविष्यका लागि लक्ष्य निर्धारण गर्नुपर्ने बताए ।

लक्ष्यबिनाको जीवन सार्थक नहुने भन्दै उनले पहिला भविष्यमा के बन्ने त्यो लक्ष्य तय गरेर त्यसको प्राप्तिको लागि अनुशासित भई आत्मविश्वासको साथ मेहनत गर्न सुझाव दिए ।

लक्ष्य प्राप्तिको बाटोमा अघि बढ्दा कहिलेकाहीँ चुनौतीसमेत आइपर्ने भन्दै उनले त्यस्ता चुनौतीलाई आत्मविश्वासले सामना गर्नुपर्ने बताए ।

एभरेष्टले स्थापनादेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको सबैलाई थाह भएकै हो भन्दै प्राचार्य पुरीले भने, हामी संख्यामा धेरै बनाउन हैन सिमित विद्यार्थी लिएर विश्वस्तरीय गुणस्तरको शिक्षा दिन चाहन्छौं । त्यसैले विद्यार्थीको सर्वांगीण विकास होस भनेर भौतिक संरचना पनि त्यसैगरी बनाइएको छ ।’

प्राचार्य पुरीले पछिल्लो समय प्रविधिको प्रयोगको नाममा दुरुपयोग गर्ने क्रमसमेत बढेको भन्दै एभरेष्टका विद्यार्थीले मोबाइल, ल्यापटपलगायतका ग्याजेटको सदुपयोग मात्र गर्ने विश्वास ब्यक्त गरे ।

आइसिटी अहिलेको युगमा अपरिहार्य हो प्राचार्य पुरीले भने, ‘दुरुपयोग गर्ने लत लागे यो लागुऔषध जस्तै हो, यसले विद्यार्थीको भविष्य र अभिभावकको सपनासमेत चकनाचुर बनाउँछ ।’

विद्यालयका अध्यक्ष विनोद ढकालले एसइईपछि भविष्य बनाउन लक्ष्य बनाउने बेला भएको बताए ।

उनले यो बेलालाई अझ भविष्यका लागी जग बलियो बनाउन वर्तमानमा मेहनत गर्ने बेलाका रूपमा बुझ्नुपर्ने बताए ।

उनले एभरेष्टका विद्यार्थी जुनसुकै क्षेत्रमा गएपनि अब्बल हुनुपर्ने आफूहरूको चाहना रहेको बताए ।

कार्यक्रममा नयाँ विद्यार्थीको प्रतिनिधित्व गर्दै कक्षा ११ का छात्र इशल भट्टराईले एभरेष्टको विद्यार्थी हुन पाउँदा खुशी लागेको बताए ।

उनले एभरेष्टको शैक्षिक वातावरण, शिक्षक शिक्षिकाको व्यवहार, भौतिक संरचनालगायतका सबै पक्षले शैक्षिक उन्नयनका लागि उत्प्रेरित गर्ने बताए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०