शिक्षादीपमा ११ कक्षाका विद्यार्थीलाई अभिमुखीकरण

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ साउन, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० स्थित शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

बिहीबार कलेजले कक्षा ११ का नयाँ विद्यार्थी, उनीहरूका अभिभावक तथा शिक्षक-शिक्षिकालाई राखेर अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहजीकरण गर्दै अभिप्रेरक तथा कार्यक्रमका प्रमुख अतिथि मिलन गैह्रेले शिक्षादीपले नयाँ विद्यार्थीलाई उत्प्रेरित गर्न हरसम्भव कोसिस गरेर अनुभूति आफूले गरेको सुनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक अध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले उज्ज्वल भविष्यको कल्पनासहित शिक्षादीप भर्ना भएका विद्यार्थीहरूलाई शुभकामना दिए ।

विद्यार्थीले आफ्नो मात्र नभएर परिवार, समाज र देशका लागि केही गर्ने अठोटका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पराजुलीले विगतका नतिजाले नभई वर्तमानको मेहनतले भविष्यको निर्क्यौल गर्ने बताए । आगामी दुई वर्ष आफ्ना खराब आचरण त्यागेर भविष्यको रेखा कोर्न विद्यार्थीहरूलाई पराजुलीको आग्रह थियो ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले अबका दुई वर्षमा विद्यार्थीहरूमा आउने चुनौतीको सामना गर्न अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको सुनाए । प्रवीणता तह जिन्दगीको टर्निङ प्वाइन्ट भएको उल्लेख गर्दै उनले यो समयको सदुपयोग गर्दै आफ्नो भविष्य उज्ज्वल पारेर आफ्ना अभिभावकको सपना पूरा गरी कलेजको लक्ष्य साकार गर्न शुभकामना दिए ।

कलेजका सहप्राध्यापक ललितकुमार मण्डरलेले शिक्षादीपको कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।

विज्ञान संकायका कोर्डिनेटर नवीन रायले शिक्षादीप कलेज रोजेकोमा विद्यार्थी र उनीहरूका अभिभावकलाई धन्यवाद दिए । अनुशासन र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर कलेज अगाडि बढिरहेको उनको भनाइ थियो ।

कलेजका चिफ डायरेक्टर रमेशकुमार मण्डलले कलेजको लक्ष्य पूरा गर्न विद्यार्थी, शिक्षक र अभिभावकको महत्त्वपूर्ण भूमिका हुने बताउँदै उक्त लक्ष्य पूर्तिका लागि सबै लागिपर्नुपर्ने उल्लेख गरे ।


कार्यक्रममा हालै शिक्षादीपमा भर्ना भएका विद्यार्थीहरूले अरू कलेजबीच शिक्षादीप रोज्नुको कारणबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
जसमा ४ जिपिए ल्याएर शिक्षादीप कलेज रोजेकी विराटनगरकी छात्रा सिरिन भट्टराईले शिक्षादीपमा पढ्न पाउनु गर्वको विषय भएको सुनाउँदै यो अवसरको सदुपयोग गर्दै आफ्नो भविष्य उज्ज्वल बनाउनेतर्फ अगाडि बढ्ने सुनाइन् ।

झापा घर भएका विद्यार्थी समीर डोटेलले शिक्षादीपसँग आफूहरूले धेरै आशा-अपेक्षा राखेको बताए ।

शिक्षादीपमा कक्षा ११ को विज्ञान संकायमा ९४५ जना विद्यार्थी भर्ना भएका छन् । नयाँ भर्ना भएका विद्यार्थी १७ औं ब्याजका हुन् ।

कक्षा सुरु हुनुभन्दा अगाडि शिक्षादीप कलेजले प्रत्येक वर्ष नयाँ भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण गराउँदै आएको छ ।

प्रकाशित समय: बिहिबार ३ साउन, २०८१, १२:३७:३०

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२१ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०