विराट क्षितिज कलेज र लिपफ्रग टेक्नोलोजीबीच इन्टर्नसिप र प्लेसमेन्टसम्बन्धी सम्झौता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ असार, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-२ बरगाछी चोकस्थित विराट क्षितिज कलेज र काठमाडौंस्थित लिपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको छ।

कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि इन्टर्नसिप र प्लेसमेन्टमा सहयोग पुर्‍याउने उद्देश्यका साथ विराट क्षितिज कलेज र लिपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको हो।

Advertisement

सम्झौता पत्रमा विराट क्षितिज कलेज विराटनगरको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र कार्की र काठमाडौंस्थित लिपफ्रग टेक्नोलोजीको तर्फबाट म्यानेजर किरणकुमार रेग्मीले हस्ताक्षर गरेका छन् ।

नेपालको टप कम्पनीमध्ये एक रहेको लिपफ्रग टेक्नोलोजीमा ५०० जना भन्दाबढी विशेषज्ञ सफ्टवेयर इन्जिनियरहरू कार्यरत रहेका छन्।

यससम्झौता अनुसार, कलेजका सेमेस्टर १ देखि ७ सम्मका विद्यार्थीहरूलाई विशेष आइटी तालिम प्रदान गरिनेछ।

नेपालमात्र नभएर भारत, जापान, कोरिया र इजरायलका आइटी कम्पनीहरूमा पनि इन्टर्नसिप र प्लेसमेन्टको अवसर प्राप्त गर्ने विराट क्षितिज कलेजले जनाएको छ।

कलेजको नयाँ आएको व्यवस्थापकीय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक सत्रबाट बिएससी सिएसआइटी र बिसिए कार्यक्रम सञ्चालन गर्ने भएको छ।

शान्त तथा पठनीय वातावरणमा, सुविधा सम्पन्न भवनमा स्थायित्व दिनेगरी कलेज विराटनगर-२ बरगाछी चोकस्थित नयाँ भवनमा सरेको छ।

उक्त कलेजमा बिएससी सिएसआइटीमा ३६ र बिसिएमा ३५ जना विद्यार्थीको कोटा रहेको छ।

सीमित विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षासँगै सीपयुक्त दक्ष जनशक्ति प्रदान गर्ने कलेजको दाबी छ।

यस सम्झौताले नेपालको शैक्षिक क्षेत्र र आइटी उद्योगबीचको सहकार्यलाई बलियो बनाउने र देशको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
५ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
६ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०