विराट क्षितिज कलेज र लिपफ्रग टेक्नोलोजीबीच इन्टर्नसिप र प्लेसमेन्टसम्बन्धी सम्झौता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ असार, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-२ बरगाछी चोकस्थित विराट क्षितिज कलेज र काठमाडौंस्थित लिपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको छ।

कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि इन्टर्नसिप र प्लेसमेन्टमा सहयोग पुर्‍याउने उद्देश्यका साथ विराट क्षितिज कलेज र लिपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको हो।

Advertisement

सम्झौता पत्रमा विराट क्षितिज कलेज विराटनगरको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र कार्की र काठमाडौंस्थित लिपफ्रग टेक्नोलोजीको तर्फबाट म्यानेजर किरणकुमार रेग्मीले हस्ताक्षर गरेका छन् ।

नेपालको टप कम्पनीमध्ये एक रहेको लिपफ्रग टेक्नोलोजीमा ५०० जना भन्दाबढी विशेषज्ञ सफ्टवेयर इन्जिनियरहरू कार्यरत रहेका छन्।

यससम्झौता अनुसार, कलेजका सेमेस्टर १ देखि ७ सम्मका विद्यार्थीहरूलाई विशेष आइटी तालिम प्रदान गरिनेछ।

नेपालमात्र नभएर भारत, जापान, कोरिया र इजरायलका आइटी कम्पनीहरूमा पनि इन्टर्नसिप र प्लेसमेन्टको अवसर प्राप्त गर्ने विराट क्षितिज कलेजले जनाएको छ।

कलेजको नयाँ आएको व्यवस्थापकीय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक सत्रबाट बिएससी सिएसआइटी र बिसिए कार्यक्रम सञ्चालन गर्ने भएको छ।

शान्त तथा पठनीय वातावरणमा, सुविधा सम्पन्न भवनमा स्थायित्व दिनेगरी कलेज विराटनगर-२ बरगाछी चोकस्थित नयाँ भवनमा सरेको छ।

उक्त कलेजमा बिएससी सिएसआइटीमा ३६ र बिसिएमा ३५ जना विद्यार्थीको कोटा रहेको छ।

सीमित विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षासँगै सीपयुक्त दक्ष जनशक्ति प्रदान गर्ने कलेजको दाबी छ।

यस सम्झौताले नेपालको शैक्षिक क्षेत्र र आइटी उद्योगबीचको सहकार्यलाई बलियो बनाउने र देशको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०