एसइईमा शारदा स्कुलको उच्चतम् जिपिएसहित शतप्रतिशत नतिजा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १८ असार, २०८१
११ महिनाअघि

विराटनगर । ग्रामथान गाउँपालिकाको शारदा सेकेन्डरी बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उच्चतम जिपिएसहित शतप्रतिशत सकारात्मक नतिजा आत्मसात् गरेको छ ।

गत बिहीबार सार्वजनिक भएको नतिजाअनुसार ग्रामथान-२ स्थित शारदा स्कुल उच्चतम् जिपिए ३.९० सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो ।

यसपालि १३ जना परीक्षार्थीलेपरीक्षा दिएकोमा नौ जना ए प्लस र चार जनाले ए ग्रेड ल्याई एसइई पास गरेका हुन् ।

विद्यालयले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा विद्यालयका अनुशासन समितिका प्रमुख इन्चार्ज रुद्रनारायण चौधरीले शारदाका विद्यार्थीहरू अनुशासनका उदाहरण भएको जिकिर गरे ।

लेखा प्रमुख ऋषिराज दाहाले हालको शारदा स्कुलमा बालमैत्री वातावरणमा विद्यालयको पठनपाठन भएकोले शिक्षण शिकाई अत्यन्त प्रभावकारी भएको बताउँदै अभिभावकले समयमै शुल्क बुझाउँदा शिक्षकले पनि समयमै तलब रकम प्राप्त गर्ने र शिक्षकहरूको मनोबल झन् उच्च हुने बताए ।

नेपाली विषयका शिक्षक, सह-प्रधानाध्यापक तथा युवाकवि उमेश लुइँटेलले विद्यार्थीको मिहिनेत र लगनशीलताले मात्र सफलता सम्भव हुने कुरा बताए ।

विद्यालयका सञ्चालक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवप्रसाद खतिवडाले अभिभावक, विद्यार्थी र शिक्षहरुको साझा प्रयासले मात्र नतिजा राम्रो भएको बताए ।

प्रधानाध्यापक संजयकुमार मण्डलले बधाई दिँदै विद्यार्थीको उज्वल भविष्यको कामना गरे । शारदा स्कूल परिणाममा भन्दा पनि परिणाममा विश्वास गर्ने भन्दै ग्रामथानबासीको नाताले पनि शैक्षिक क्षेत्रमा व्यापक सुधारका लागि प्रधानाध्यापकले मण्डलले सबैसँग अपिल गरे ।

ग्रामथान र आसपासका क्षेत्रको अधिकतम् जनता मध्यम वर्गीय र कमजोर आर्थिक अवस्थाका रहेका कारण सहरतिर महँगो शुल्क तिरेर छोराछोरी पढाउन नसक्ने भएकोले सोहीअनुरूप सुलभ शुल्कमा विद्यार्थी पढाइरहेको उनले सुनाए ।

विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारी र सञ्चालकहरूप्रति आभार प्रकट गर्दै अहिले बाल कक्षाहरूमा मन्टेश्वरी विधि, स्मार्ट इन्टर्याक्टिभ बोर्ड, प्रोजेक्टर र स्मार्ट टेलिभिजनहरूको प्रयोग गरी विद्यार्थीहरूलाई सिकाई गराइरहेको प्रिन्सिपल मण्डलको भनाइ छ ।

उनले विद्यालय र अभिभावकहरूले प्रशंसा गरिरहेको शारदा एकेडेमीले नयाँ शैक्षिकसत्रमा थप सेवा र सुविधाहरू विस्तार गर्ने योजना लिएको बताए ।

प्रकाशित समय: सोमबार १८ असार, २०८१, २२:१०:३३
खबर पूर्वाञ्चल अनलाइनको १०औँ वार्षिकोत्सव
सोमबार २९ ब‌ैशाख, २०८२
भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद
सोमबार २९ ब‌ैशाख, २०८२
लेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
सोमबार २९ ब‌ैशाख, २०८२
हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
सोमबार २९ ब‌ैशाख, २०८२
बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे
सोमबार २९ ब‌ैशाख, २०८२
विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट
आईतबार २८ ब‌ैशाख, २०८२
कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्
आईतबार २८ ब‌ैशाख, २०८२
जाजरकोटमा कारागारमा थुनुवा मृत फेला
आईतबार २८ ब‌ैशाख, २०८२
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
आईतबार २८ ब‌ैशाख, २०८२
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
आईतबार २८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०