एसइईमा शारदा स्कुलको उच्चतम् जिपिएसहित शतप्रतिशत नतिजा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १८ असार, २०८१
२ वर्षअघि

विराटनगर । ग्रामथान गाउँपालिकाको शारदा सेकेन्डरी बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उच्चतम जिपिएसहित शतप्रतिशत सकारात्मक नतिजा आत्मसात् गरेको छ ।

गत बिहीबार सार्वजनिक भएको नतिजाअनुसार ग्रामथान-२ स्थित शारदा स्कुल उच्चतम् जिपिए ३.९० सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो ।

यसपालि १३ जना परीक्षार्थीलेपरीक्षा दिएकोमा नौ जना ए प्लस र चार जनाले ए ग्रेड ल्याई एसइई पास गरेका हुन् ।

विद्यालयले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा विद्यालयका अनुशासन समितिका प्रमुख इन्चार्ज रुद्रनारायण चौधरीले शारदाका विद्यार्थीहरू अनुशासनका उदाहरण भएको जिकिर गरे ।

लेखा प्रमुख ऋषिराज दाहाले हालको शारदा स्कुलमा बालमैत्री वातावरणमा विद्यालयको पठनपाठन भएकोले शिक्षण शिकाई अत्यन्त प्रभावकारी भएको बताउँदै अभिभावकले समयमै शुल्क बुझाउँदा शिक्षकले पनि समयमै तलब रकम प्राप्त गर्ने र शिक्षकहरूको मनोबल झन् उच्च हुने बताए ।

नेपाली विषयका शिक्षक, सह-प्रधानाध्यापक तथा युवाकवि उमेश लुइँटेलले विद्यार्थीको मिहिनेत र लगनशीलताले मात्र सफलता सम्भव हुने कुरा बताए ।

विद्यालयका सञ्चालक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवप्रसाद खतिवडाले अभिभावक, विद्यार्थी र शिक्षहरुको साझा प्रयासले मात्र नतिजा राम्रो भएको बताए ।

प्रधानाध्यापक संजयकुमार मण्डलले बधाई दिँदै विद्यार्थीको उज्वल भविष्यको कामना गरे । शारदा स्कूल परिणाममा भन्दा पनि परिणाममा विश्वास गर्ने भन्दै ग्रामथानबासीको नाताले पनि शैक्षिक क्षेत्रमा व्यापक सुधारका लागि प्रधानाध्यापकले मण्डलले सबैसँग अपिल गरे ।

ग्रामथान र आसपासका क्षेत्रको अधिकतम् जनता मध्यम वर्गीय र कमजोर आर्थिक अवस्थाका रहेका कारण सहरतिर महँगो शुल्क तिरेर छोराछोरी पढाउन नसक्ने भएकोले सोहीअनुरूप सुलभ शुल्कमा विद्यार्थी पढाइरहेको उनले सुनाए ।

विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारी र सञ्चालकहरूप्रति आभार प्रकट गर्दै अहिले बाल कक्षाहरूमा मन्टेश्वरी विधि, स्मार्ट इन्टर्याक्टिभ बोर्ड, प्रोजेक्टर र स्मार्ट टेलिभिजनहरूको प्रयोग गरी विद्यार्थीहरूलाई सिकाई गराइरहेको प्रिन्सिपल मण्डलको भनाइ छ ।

उनले विद्यालय र अभिभावकहरूले प्रशंसा गरिरहेको शारदा एकेडेमीले नयाँ शैक्षिकसत्रमा थप सेवा र सुविधाहरू विस्तार गर्ने योजना लिएको बताए ।

प्रकाशित समय: सोमबार १८ असार, २०८१, २२:१०:३३

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२१ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०