विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा तीव्र गतिको अटो ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घिनाघाट-विराटचोक सडकखण्डअन्तर्गत ग्रामथान-२ राधा कृष्ण पेट्रोलपम्पनजिक बुधबार राति ९:५५ बजेतिर उक्त दुर्घटना भएको थियो ।
रोकिराखेको प्रदेश १-०२-००१ क ४६३६ नम्बरको डिस्टिबियुटर (अलकत्रा बोक्ने गाडी ट्रक) लाई विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको को २ ह ३७२३ नम्बरको अटोले ठक्कर दिएको थियो ।
अटोले ट्रकको पछाडि ठक्कर दिँदा अटो चालक विराटनगर महानगरपालिका-१९ बस्ने ३५ वर्षीय मनोज भुजेल र अटोमा पछाडि सवार बूढीगंगा गाउँपालिका-२ का अन्दाजी ३७ वर्षीय सुरेशकुमार चौधरी घाइते भएका थिए ।
भुजेलको दुवै हात,खुट्टा र टाउकोमा चोट लागेको थियो भने चौधरीको दाहिने हातमा चोट लागेको थियो । तत्काल उनीहरूको
अवस्था सामान्य रहे पनि दुवै घाइतेलाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक र ट्रक चालक उर्लाबारी नगरपालिका-३ का अन्दाजी ३५ वर्षीय लक्ष्मण खडकालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
दुर्घटनामा परेका दुवै साधन प्रहरी चौकी झोराहाटमा राखिएको छ ।
तीव्र गतिमा अटो कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले औंल्याएको छ ।