स्थानीय तहमा जस्तै प्रदेश र संघमा पनि प्रत्यक्ष निर्वाचन प्रणाली आवश्यक : मन्त्री उप्रेती

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ११ असार, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले शासकीय स्वरूपका कारण संघीयताको औचित्यमाथि प्रश्न खडा हुन थालेको बताउँदै यसको फेरबदल आवश्यक रहेको बताएका छन् ।

मोरङको धनपालथान गाउँपालिकाको गाउँसभा अधिवेशनका क्रममा बोल्दै मन्त्री उप्रेतीले स्थानीय तहमा जस्तै प्रदेश र संघमा पनि प्रत्यक्ष निर्वाचन प्रणाली आवश्यक रहेको सुनाएका हुन् ।

Advertisement

स्थानीय तहमा परिकल्पना गरिएको प्रत्यक्ष निर्वाचन प्रणालीले गर्दा दीगो सरकार बनेको भए पनि प्रदेश र संघमा त्यो अवस्था नरहेको उनको भनाइ छ ।

स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएका कारण जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताउँदै उनले जनउत्तरदायी बनाउन जनप्रतिनिधिलाई सुझाए ।

संघीयताको विरोध गरेर कलिलै उमेरमा निमोठ्न खोज्नेहरूलाई स्थानीय तहले परिपक्व बनेर जबाफ दिनसक्ने उनको भनाइ छ ।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष जिवच्छप्रसाद गच्छदार र उपाध्यक्ष नसिमा बानोले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए ।

पालिका उपाध्यक्ष बानोले आगामी आर्थिक वर्षको अनुमानित ६४ करोड ३९ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुरले पालिकाभरिका सम्पूर्ण वर्ग, जाति, क्षेत्रको प्रतिनिधित्व हुनेगरी आगामी आर्थिक वर्षको बजेट बनाइएको बताए ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डल, गाउँ कार्यपालिका सदस्य, नागरिक अगुवा तथा स्थानीयको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०