स्थानीय तहमा जस्तै प्रदेश र संघमा पनि प्रत्यक्ष निर्वाचन प्रणाली आवश्यक : मन्त्री उप्रेती

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ११ असार, २०८१
११ महिनाअघि

विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले शासकीय स्वरूपका कारण संघीयताको औचित्यमाथि प्रश्न खडा हुन थालेको बताउँदै यसको फेरबदल आवश्यक रहेको बताएका छन् ।

मोरङको धनपालथान गाउँपालिकाको गाउँसभा अधिवेशनका क्रममा बोल्दै मन्त्री उप्रेतीले स्थानीय तहमा जस्तै प्रदेश र संघमा पनि प्रत्यक्ष निर्वाचन प्रणाली आवश्यक रहेको सुनाएका हुन् ।

स्थानीय तहमा परिकल्पना गरिएको प्रत्यक्ष निर्वाचन प्रणालीले गर्दा दीगो सरकार बनेको भए पनि प्रदेश र संघमा त्यो अवस्था नरहेको उनको भनाइ छ ।

स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएका कारण जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताउँदै उनले जनउत्तरदायी बनाउन जनप्रतिनिधिलाई सुझाए ।

संघीयताको विरोध गरेर कलिलै उमेरमा निमोठ्न खोज्नेहरूलाई स्थानीय तहले परिपक्व बनेर जबाफ दिनसक्ने उनको भनाइ छ ।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष जिवच्छप्रसाद गच्छदार र उपाध्यक्ष नसिमा बानोले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए ।

पालिका उपाध्यक्ष बानोले आगामी आर्थिक वर्षको अनुमानित ६४ करोड ३९ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुरले पालिकाभरिका सम्पूर्ण वर्ग, जाति, क्षेत्रको प्रतिनिधित्व हुनेगरी आगामी आर्थिक वर्षको बजेट बनाइएको बताए ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डल, गाउँ कार्यपालिका सदस्य, नागरिक अगुवा तथा स्थानीयको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: सोमबार ११ असार, २०८१, २१:५८:५१
खबर पूर्वाञ्चल अनलाइनको १०औँ वार्षिकोत्सव
सोमबार २९ ब‌ैशाख, २०८२
भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद
सोमबार २९ ब‌ैशाख, २०८२
लेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
सोमबार २९ ब‌ैशाख, २०८२
हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
सोमबार २९ ब‌ैशाख, २०८२
बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे
सोमबार २९ ब‌ैशाख, २०८२
विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट
आईतबार २८ ब‌ैशाख, २०८२
कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्
आईतबार २८ ब‌ैशाख, २०८२
जाजरकोटमा कारागारमा थुनुवा मृत फेला
आईतबार २८ ब‌ैशाख, २०८२
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
आईतबार २८ ब‌ैशाख, २०८२
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
आईतबार २८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०