प्राध्यापक पोखरेलको ‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १० असार, २०८१
२ वर्षअघि

काठमाडौं । राजनीतिशास्त्री एवम् प्राध्यापक कृष्ण पोखरेलद्वारा लिखित ‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक भएको छ ।

शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित सार्वजनिकीकरण एवम् अन्तरक्रिया कार्यक्रम प्राध्यापक पोखरेलको पुस्तक विमोचन गरिएको हो ।

Advertisement

तीन दशकभन्दा बढी प्राध्यापक सेवामा संलग्न रहेका उनले सात दशकको राजनीतिक, झापा विद्रोह हुँदै नेपाली समाजमा भोगेका अनुभवलाई पुस्तकमा लिपिबद्ध गरेका छन् ।

प्राध्यापक पोखरेलले सात दशकभन्दा लामो अनुभवलाई सँगालेर पुस्तक लेख्दै गर्दा आफ्नो कुनै पूर्वयोजना नरहेको प्रस्ट पारे  ।

शिखा बक्सले प्रकाशन गरेको पुस्तकमा उनले ‘पूर्वयोजनाबिनाको जिन्दगी’ शीर्षक सुरुआत गर्दै राजनीतिक क्रान्तिका विभिन्न आयाम प्रस्तुत गरेका छन् ।

राजनीतिशास्त्रमा पुस्तक प्रकाशित भइसके पनि आफ्नो भोगाइबारे यो नै पहिलो पुस्तक भएको बताउँदै उनले झापा विद्रोहदेखि राजनीतिक अभियानमा होमिएका धेरै राजनीतिज्ञसँग सहकार्य एवम् सँगसँगै काम गरेको स्मरण गरे ।

पुस्तकमा वामपन्थी राजनीतिमा अहिले सक्रिय नेतासँगको सहकार्य पुस्तक वर्णन गरिएको उनको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीसहित समकालीन राजनीतिकका धेरै राजनीतिज्ञको सहयात्रालाई पुस्तकमा समेटिएको छ ।

झापा, मोरङ र काठमाडौँसम्मको प्राध्यापकमा आफ्ना भोगाइसँगै राजनीतिमा देखिएका अनेक प्रश्न र तत्कालीन समाजको अवस्थालाई उनले प्रस्तुत गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०