शारदाको अभिभावक अभिमुखीकरण : संस्कार घरमा, संस्कारसहितको शिक्षा स्कुलमा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २ असार, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित शारदा सेकेन्डरी बोर्डिङ स्कुलले अभिभावकहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण तालिम दिएको छ ।

शनिबार झोराहाटस्थित गोपीकृष्ण मणिकर्णिका सामुदायिक सेवा केन्द्रको सभाहलमा एक कार्यक्रमको आयोजना गरी स्कुलले अभिभावकलाई अभिमुखीकरण तथा प्रशिक्षण दिएको हो ।

Advertisement

काठमाडौंको डायनामिक करिअर सपोर्ट इन्टरनेसनलका अध्यक्ष तथा कार्यकारी निर्देशक विनोद कार्कीले अभिभावकलाई आफ्ना सन्ततिलाई संस्कार सिकाउनेगरी तालिममा सहजीकरण गरेका थिए ।

तालिमका क्रममा उनले घर-परिवार नै बालबालिकाको पहिलो शिक्षालय भएकाले अभिभावकले आफ्ना सन्ततिको शिक्षामा निखार ल्याउन सक्ने बताए ।

स्कुलका संस्थापक सदस्य ॠषिराज दाहाललेले स्वागत मन्तव्य राख्दै विद्यार्थीको पठनपाठनमा विद्यालयले सघाउ भूमिका बहन गरे पनि अभिभावकले उनीहरूको भविष्य तय गर्नसक्ने सुनाए ।

विद्यार्थीहरूबाट सकारात्मक नतिजाको आशा गर्न बाल मनोविज्ञान बुझेर अभिभावकले कार्य गर्नुपर्ने उनको भनाइ छ ।

यसैगरी, आफ्ना बालबालिकाहरूलाई समयानुसार अब्बल बनाउन लागिपरेका अभिभावकलाई प्रशिक्षण दिइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष यादवप्रसाद खतिवडाले जानकारी दिए ।

उनले विद्यार्थीलाई संस्कार घरपरिवारमै सिकाएमा विद्यालयले संस्कारसहितको शिक्षालाई प्राथमिकतामा राख्ने सुनाए ।

शारदाका प्रिन्सिपल सञ्जय मण्डलले पठनपाठनका अलावा अतिरिक्त क्रियाकलापमा जोड दिनेगरेको विद्यालयले यसपालि नमुना कार्यक्रमका रूपमा अभिभावक अभिमुखीकरण तथा प्रशिक्षण गरेको जनाए ।

स्कुल र अभिभावकबीचको सम्बन्ध एक रथको दुई पांग्राजस्तै भएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले त्यो सम्बन्ध अझ दरिलो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रम सुरु हुनुअघि शारदामा अध्ययनरत विद्यार्थीहरूले राष्ट्रगान र स्वागत गीत गाएका थिए । कार्यक्रममा चिठ्ठामार्फत अभिभावकलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो भने अभिभावकलाई विविध खेल खेलाइएको थियो ।

विद्यालयका संस्थापक सदस्यहरूलाई मायाको चिनो वितरण गरिएको थियो ।

वि.सं २०६३ सालमा स्थापित शारदा ग्रामथानको उत्कृष्ट विद्यालयमध्ये एक हो ।

बालकक्षादेखि कक्षा १० सम्म पठनपाठन गर्दै आएको स्कुलले विद्यार्थीहरूमार्फत उत्कृष्ट नतिजा हासिल गर्दैआएको छ ।

ग्रामथान, कटहरी र विराटनगर-१९ नम्बर वडाका पाँच सय विद्यार्थी स्कुलमा अध्ययनरत रहेको सहायक प्रिन्सिपल उमेश लुइँटेलले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०