विराटनगर । बिजुली चम्किँदा बेहोस भएका मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवाका ७० वर्षीय हबी बुल्ला मियाँको मृत्यु भएको छ ।
अविरल वर्षासँगै चट्याङ पर्ने क्रममा बिजुली चम्किँदा ढलेका मियाँको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका अनुसार आज बिहान ६ बजेतिर मस्जिदबाट नमाज पढेर फर्कदै गरेका मियाँ बिजुली चम्किँदा बेहोस भएर ढलेका थिए ।
आफन्तले उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।