विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगले परीक्षामा अनियमितता गर्ने परीक्षार्थीको परीक्षा रद्द गरेको छ ।
गत शनिबार सम्पन्न लिखित परीक्षामा अनियमितता गर्ने परीक्षार्थी सुनसरीको कोशी गाउँपालिका-४ का रामअवतार खंगको परीक्षा रद्द भएको हो ।
बुधबार सूचना जारी गरी आयोगले आइतबारकै बैठकबाट उनको परीक्षा रद्द गर्ने निर्णय गरेको जनाएको छ ।
उनले अन्य विज्ञापन नम्बर तथा सेवा-समूहको प्रवेशपत्र प्रयोग गरी अन्य उम्मेदवारको स्थानमा परीक्षा दिएको पाइएको आयोगले जनाएको छ ।