विराटनगर । मोरङको जहदा गाउँपालिकामा मोर्टर चलाएर कपडा धुनेक्रममा करेन्ट लाग्दा सासूको मृत्यु भएको छ भने बुहारी गम्भीर घाइते भएकी छन् ।
यो घटना बिहीबार मध्याह्न १२ः३० बजेतिरको हो । जहदा-१ झैलाचोकमा करेन्ट लागेर ४५ वर्षीया रेवतीदेवी सरवरियाको मृत्यु भएको छ भने उनकी बुहारी २५ वर्षीया चन्द्रिका सरवरिया घाइते भएकी छन् ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका घरमा मोर्टर चलाएर कपडा धुनेक्रममा करेन्ट लाग्दा रेवतीदेवी गम्भीर घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा विराटनगरको मकालु अस्पतालमा बिहीबार दिउँसो २ बजेतिर मृत्यु भएको हो । गम्भीर घाइते बनेकी चन्द्रिकाको भने विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।