मोरङको बेलबारी र धनपालथानमा अमेजनका माछा पाइयो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको बेलबारी नगरपालिका र धनपालथान गाउँपालिकामा माछाको गैरदेशीय प्रजाति पाइएको छ ।

‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम गरेको यो माछा नेपालमा पहिलो पटक मोरङको बेलबारीमा चार वर्षअघि देखा परेको थियो ।

Advertisement

दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने उक्त माछा पछिल्लो पटक भने धनपालथानमा पनि पाइएको हो ।

बेलबारीमा यो माछा भेटिँदा नयाँ प्रजातिको माछा भन्ने शंका लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालले यसलाई पहिल्याउन थालेका थिए ।

उनीहरूसँगै दुई जना चिनियाँ अनुसन्धानकर्ता जिनक्वान याङ र चेनहोङ लीले यो माछा नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गरेका हुन् ।

उनीहरूका अनुसार यो माछा अति मिचाहा स्वभाव भएको हुन्छ ।

यो माछाको बासस्थान, शारीरिक र आनुवांशिक बनोट तथा आनीबानीको अध्ययन भएको थियो ।

सोही अध्ययनबाट नेपालमा पहिलो पटक भेटिएको भन्ने कुरा पुष्टि गर्दै उनै अनुसन्धानकर्ताहरूद्वारा लेखिएको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अङ्कमा छापिएको छ ।

स्तरीय मानिएको (क्यु टु) उक्त विज्ञान पत्रिकामा उल्लेख भएअनुसार लोहन्द्रा नदीबाट यस माछाका ४३ वटा नमुना संकलन गरिएको थियो ।

पूर्वी नेपालका तमोरलगायत प्रायः स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकोमा लोहन्द्राका दुई स्थानमा यो प्रजाति र यही जातको अर्को प्रजाति भने दमकतिरका नदीमा भेटिएको छ ।

हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमुना संकलन गरिएका थिए ।

अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्तामध्येका एक जसहाङ लिम्बूले भने, ‘यसमा हामीले दुई वटा बाटो अनुमान गरेका छौँ । कि चाहिँ कसैको एक्योरियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो कि भारतबाट नदीमा खेल्दै यता आयो ।’

जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फुल र भुरा खाइदिने गरेको पाइएको लिम्बूको भनाइ छ ।

जसका कारण हाम्रा रैथाने माछा नासिने सम्भावना हुन्छ । यसले धेरै देशमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ ।

‘यो पहिला लजालु हुन्छ, स्थिर बसिराख्छ तर मौका पर्दा रैथाने माछालाई आक्रमण गर्ने, टोक्ने र बच्चालाई त खाइदिने गर्छ ।” अनुसन्धानकर्ता लिम्बूले भने, “मोरङको लोहन्द्रा खोलामा यो स्थापित भइसकेको छ ।”

अनुसन्धानकर्ताहरूको टोली सन् २०१९ देखि यसको खोजीमा लाग्दा यो लोहन्द्रा खोलामा यो स्थापित भइसकेको र सङ्ख्या निरन्तर बढिरहेको पाइएको थियो ।

अब अरू नदी तथा माछा पालन गरिएका पोखरीमा विस्तार हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

“व्यावसायिक पोखरीमा पस्यो भने यसबाट ठुलो क्षति हुन्छ,” यो अमेरिकी माछालाई खासमा एक्वारियममा राखी सुन्दरता हेरी आनन्द लिने हो तर खानमा यो अप्रिय प्रजाति हो ।’ लिम्बूले भने, “यो माछामा खास स्वाद नभएकाले मन पराएर मानिसले खाँदैनन् ।”

यो मिचाहा स्वभाव भएको गैरदेशीय प्रजातिलाई तत्कालै नियन्त्रण गर्न अनुसन्धानकर्ताहरूले सुझाव दिएका छन् ।

उनीहरूले लेखमा लेखेका छन्, “यसबारे थप अनुसन्धान गरी नियन्त्रण गर्न नीति निर्माण तह नै लाग्नुपर्ने हुन्छ ।”

अनियन्त्रितभई गएमा माछा मारी जीवन चलाउनेको जीवनयापन नै सङ्कटमा पर्ने, देशले ठुलो आर्थिक क्षति बेहोर्नुपर्ने हुन्छ भने प्राकृतिक प्रणालीलाई नै चुनौती दिन्छ ।

एक तथ्यांकअनुसार नेपालमा यो टेरिगोप्लिक्थिस डिसजन्किटिभससहित जम्मा २६० प्रजातिका माछा पाइन्छन् । जसमध्ये १८ प्रजाति गैरदेशीय छन् भने १७ प्रजाति चाहिँ नेपालबाहेक अन्त पाइँदैनन् । -गोरखापत्रबाट

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०