विराटनगरमा ट्यांकरसँग जुध्दा म्याजिक चालकको मृत्यु, पाँच जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-४ दूधफारम नजिक पेट्रोल ट्यांकर र म्याजिक भ्यान एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।

सोमबार दिउँसो ३ बजेतिर भएको उक्त दुर्घटनामा म्याजिक चालक इटहरी उपमहानगरपालिका-१७ का ३० वर्षीय तिलक साह रहेका छन् ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका साहको उपचारका क्रममा गोल्डेन अस्पतालमा दिउँसो ४:४५ बजेतिर मृत्यु भएको हो ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०४-००१ ज ००१४ नम्बरको म्याजिक पश्चिमबाट पूर्वतर्फ आएर दक्षिणतर्फ मोडिँदै गरेको ना ७ ख १८७६ नम्बरको ट्यांकरमा ठोक्किएर दुर्घटना भएको हो ।

सो दुर्घटनामा म्याजिकमा सवार अरू पाँच जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।

घाइते हुनेमा विराटनगर-६ का ३६ वर्षीय शंकरप्रसाद शर्मा, ३५ वर्षीय मुन्नाकुमार दास, सुनसरीको दुहवी नगरपालिका-२ की ४० वर्षीया सविना खातुन, मोरङको रंगेली नगरपालिका-८ का २४ वर्षीय अमित सरदार र खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ का २२ वर्षीय सजिन मगर घाइते भएका छन्।

उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि तत्काल फरार बनेका ट्यांकर चालक सप्तरीको हनुमाननगर घर भएका ३६ वर्षीय सञ्जय ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०