ग्रामथानको झोराहाट बजारमा मोटरसाइकलले ठक्कर दिँदा बाच्छीको मृत्यु, चालक घाइते

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ जेठ, २०८१
१ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाट बजारमा मोटरसाइकलले ठक्कर दिँदा बाच्छीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

आइतबार साझ ७ः३५ बजेतिर घिनाघाट-विराटचोक सडक खण्डअन्तर्गत झोराहट बजारमा प्रदेश १-०४-००५१ प
९१५१ नम्बरको मोटरसाइकलले गाईको बच्चालाई ठक्कर दिएको थियो ।

विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको उक्त मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको बाच्छीलाई ठक्कर दिएको थियो ।

जसमा, बाच्छीको घटनास्थलमै मृत्यु हुँदा ठक्कर दिने मोटरसाइकल चालक ग्रामथान-३ का अन्दाजी २८ वर्षीय कृष्णकुमार माझी घाइते बनेका थिए ।

उनको दाहिने खुट्टा र बाँया हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिई प्रहरी चौकी झोराहटमा ल्याएर राखिएको छ ।

माझीको साथमा सवारी चालक अनुमतिपत्र नभएको र तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: सोमबार २८ जेठ, २०८१, ०७:२३:०३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०