मानगढ खानेपानीको मतदान रद्द गरी पुन: निर्वाचन गराउन माग राख्दै उच्च अदालतमा रिट

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २५ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । मानगढ खानेपानी आयोजनाको मतदान रद्द गरी पुन: निर्वाचन गराउन माग राख्दै उच्च अदालत, विराटनगरमा रिट निवेदन परेको छ ।

विराटनगरका तीन जना उपभोक्ता यज्ञप्रसाद खतिवडा, टंकप्रसाद खतिवडा र भरत कार्कीले १० जनालाई विपक्षी बनाएर बिहीबार उच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

नयाँ नेतृत्व चयनको लागि भएको मतदान रद्द गरी पुनः निर्वाचन समिति गठन गरेर मात्रै निर्वाचनको प्रक्रिया सुरु गर्न माग राख्दै उनीहरूले रिट निवेदन दर्ता गराएका छन् ।

देशकै नमुना खानेपानी आयोजनाका रूपमा चिनिएको मानगढ खानेपानीको चुनाव गत शनिबार भएको थियो । तर, मतदान भइरहेको बेला साँझपख मतदानस्थलमा भएको विवादले मतदान प्रकिया नै भाँडिएको थियो ।

अध्यक्ष पदका उम्मेदवार रामबहादुर घिमिरे पक्षले धाँधली गर्न खोजेको भन्दै अर्को पक्षले मतदानस्थलमा होहल्ला गरेपछि अन्तिम समयमा मतदान रोकिएको थियो ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा तीन हजार ३७२ जना मतदाताले निर्वाचन अधिकृतहरूबाट मतपत्र बुझेका छन् ।

मतदान गर्न लाइनमा बसेका केहीले विवादका कारण मतदान गर्न पाएका छैनन् । जसले गर्दा मतपेटिकामा त्योभन्दा कम संख्यामा मात्र मतपत्रहरू रहेको अनुमान गरिएको छ ।

गत शनिबार मतदान गरेका विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सदस्यहरु मतपरिणाम कुरेर बसेका छन् ।

बिहीबार उच्चमा प्रत्येक मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी गराई सोही दिन सम्पन्न हुने छ भनी सूचना प्रकाशित गरी तोकिएको समयभन्दा करिब दुई घण्टा ढिला गरी सुरु गरिएको दुषित निर्वाचन प्रक्रिया रद्ध गरेर पुनः निर्वाचन गरिनुपर्ने भन्दै रिट परेको छ ।

निर्वाचनसम्बन्धी विश्वव्यापी मान्यता, नेपालका प्रचलित कानुनहरू, संस्थाहरूले अवलम्बन गर्ने कार्यविधिहरूसमेतको विपरीत अपूर्ण, अधुरो र वैधताशून्य मतदान कार्य, मुचुल्का, खसेका मतपत्रसमेत अमान्य र बदर गरी, निर्वाचन प्रक्रियाहरू विपक्षीहरूको तर्फबाट भएका निर्णयहरू गैरकानुनी कार्यहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ ।

विपक्षीहरूले खसेको मत मात्रलाई आधिकारीक मानी सोही मतपत्र मात्र गणना गर्ने गराउने र सोही मतपत्र मात्रको आधारमा निर्वाचन परिणाम घोषणा गर्ने गराउने प्रवल सम्भावना रहेको कारणले मुद्दाको टुंगो नलागुन्जेलसम्म सुबिधा र सन्तुलनका सिद्धान्तलाई दृष्टिगत गरी जेठ १९ गते भएको मतदानको मतपेटिका नखोल्नू-नखोलाउनू, मतगणना नगर्नू-नगराउनू, मत परिणाम घोषित नगर्नू-नगराउनू, सोही मतपत्रको आधार लिई कुनै पनि उम्मेदवारलाई निर्वाचित घोषित नगर्नू-नगराउनू, पदस्थापनालगायतका काम-कारबाही नगर्नू-नगराउनू, कुनै पनि निर्णय तथा काम कारबाहीहरू नगर्नू-नगराउनू र यथास्थितिमा राखू भनी विपक्षीहरूका अन्तरिम आदेश सामेत जारीको माग गरिएको छ ।

उच्च अदालत विराटनगरले भने उक्त रिट निवेदनमा शुक्रबार (आज) लाई पेसी तोकेको छ ।

यस खानेपानी आयोजनाले मोरङको विराटनगर महानगरपालिका १, ३ र ४ गरी तीनवटा वडा र बुढीगंगा गाउँपालिका १ नम्बर वडामा पानी वितरण गर्दै आएको छ ।

अध्यक्षसहित नौ जना पदाधिकारीका लागि हुने चुनावमा कुल ६ हजार नौ सय ८८ उपभोक्ताले मतदान गर्नुपर्ने थियो ।

एक जना अध्यक्ष, महिला र खुल्लामा एक–एक गरी दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा एक–एक जना निर्वाचित हुँदा सदस्यका रूपमा पुरुष र महिला दुई–दुई गरी चार जना निर्वाचित हुने व्यवस्था छ ।

आगामी पाँच वर्ष आयोजनाको नेतृत्व हत्याउने लक्ष्यका साथ अध्यक्ष पदका लागि एकै दलमा आस्था राख्ने दुईसहित तीन उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।

वर्तमान अध्यक्षसमेत रहेका एमालेका रामबहादुर घिमिरे र एमालेकै लालमणि भट्टराई पनि अध्यक्ष बन्ने ध्याउन्नमा थिए भने नेपाली कांग्रेसकी दुर्गा चापागाईं पनि अध्यक्ष पदका लागि चुनाव लडेकी थिइन् ।

यो पनि : मानगढ खानेपानी आयोजनाको चुनाव, नेतृत्वका लागि ‘हानाथाप’

प्रकाशित समय: शुक्रबार २५ जेठ, २०८१, ०६:३८:५३
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
१० दिनपछि नेप्से २८०० मुनि, कारोबार पनि घट्यो
बिहिबार १० ब‌ैशाख, २०८३
विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण
बिहिबार १० ब‌ैशाख, २०८३
कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन
बिहिबार १० ब‌ैशाख, २०८३
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
बिहिबार १० ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०