घरेलु महासंघले मनायो ३५औं स्थापना दिवस

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ जेठ, २०८१
२ वर्षअघि

विराटनगर : नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो ३५औं स्थापना दिवस मनाएको छ । बिहीबार विराटनगर-५ सभाहलमा कार्यक्रमको आयोजना महासंघको मोरङ शाखाले स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गरि मनाएको हो ।

कार्यक्रममा बोल्ने क्रमा महासंघ, मोरङ शाखाका अध्यक्ष चेतननाथ निरौलाले सानासाना उद्यमीको हकहितका लागि स्थापना भएको महासंघ ३५ वर्ष पूरा भएको भन्दै स्थापनामा योगदान पुर्‍याउने अग्रजलाई धन्यवाद दिए ।

महासंघलाई चाहिने कोसेली घर तथा प्रदर्शनीस्थलका लागि भवन बनाइदिने कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको आश्वासन पाएको सुनाउँदै उनले विराटनगर-५ का वडाध्यक्ष सन्तोष न्यौपानेसँग जग्गा मिलाउन समन्वय गरिरहेको पनि सुनाए ।

संघप्रति आकर्षण बढेको जनाउँदै अध्यक्ष निरौलाले यो वर्ष ३५ जना आजीवन सदस्यका रूपमा महासंघमा आबद्ध भएको बताए । ठुला संघ-संस्थाका एक्स्पोलाई सार्थकता तुल्याउने काम महासंघले गरिरहेको पनि उनको भनाइ छ ।

प्रदेश सरकारले लघु घरेलु र साना उद्योगको प्रवर्द्धनका लागि कार्यक्रम ल्याउनेगरी महासंघसँग समन्वय गरिरहेको उनले बताए ।

उद्योग, सहकारी तथा कृषि मन्त्रालयका अधिकृत शम्भु साहले नुनदेखि सुनसम्मको उद्योगलाई प्रवर्द्धन गर्नेगरी स्थापना भएको महासंघलाई विशिस्ठिकृत रूममा अगाडि बढाउनुपर्ने बताए ।

वडाध्यक्ष सन्तोष न्यौपानेले कोसेली घर तथा प्रदर्शनीस्थलका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । अहिले उक्त परियोजनाका लागि जग्गा खोज्ने काम भइरहेको उनको भनाइ छ ।

उद्योगी अरुणकुमार राठीले विभिन्न प्रकारका उद्योगहरू स्थापना भएर यहाँ आबद्ध भए पनि उत्पादनको बजारीकरण गर्ने विषयमा चुकेको हो कि! भन्ने आफ्नो धारणा सुनाए ।

एफएनसिसिआई कोशी प्रदेश अध्यक्ष अन्जु उपाध्यायले ३५‍औं वसन्त पार गरेकोमा महासंघलाई शुभकामना दिइन् ।

महासंघका केन्द्रीय उपाध्यक्ष मुकेशकुमार उपाध्यायले प्रविधि हस्तान्तरणका लागि भनेर सरकारसँग बजेट विनियोजनको माग गरेको सुनाए ।

महासंघ महिला समितिकी अध्यक्ष अम्बिका भण्डारीले पछिल्लो समय महासंघप्रति जनविश्वास बढेको सुनाउँदै यहाँ आबद्ध हुनेहरूको संख्या उकालो लागिरहेको बताइन् ।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष लवमणि राजभण्डारी, उद्योगी जुगलकिशोर राठी र उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी शाखा अधिकृत सुशीला श्रेष्ठलगायतले महासंघलाई शुभकामना दिएका थिए ।

महासंघका सचिव श्यामलाल पौडेल (भवेश) ले सञ्चालन गरेको कार्यक्रममा सहसचिव गणेशकुमार साहलगायत अरू सदस्यहरूको उपस्थिति रहेको थियो ।

सानासाना उद्यमीको हकहितका लागि २०४७ सालमा महासंघको स्थापना भएको थियो, त्यसयता महासंघले प्रत्येक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

प्रकाशित समय: बिहिबार २४ जेठ, २०८१, १६:२८:४६

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२३ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०