विराटनगर । मोरङको विराटनगरका एक युवक साइक्लिङ गर्दा लडेर गम्भीर घाइते बनेका छन् ।
घाइते हुनेमा विराटनगर महानगरपालिका-१० का २१ वर्षीय रिजन पोखरेल रहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ ७ बजेतिर साइक्लिङ गर्ने क्रममा सुनसरीको धरान उपमहानगरपालिका-२० चिण्डेडाँडामा उनी लडेका थिए ।
सडकबाट अन्दाजी १० मिटर तल साइकलसँगै लडेका उनी पेटको दाहिनेतिर चोट लागेको छ ।
बोल्न नसक्ने अवस्थामा रहेका उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।