ग्रामथानको नीति तथा कार्यक्रम : भक्का मेला लगाउनेदेखि स्थानीय पाठ्यक्रम लागू गर्नेसम्म (पूर्णपाठ)

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाकी कार्यबाहक अध्यक्ष गुणावतीदेवी थारूले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

Advertisement

सम्भवतः वार्षिक नीति तथा कार्यक्रम बेलैमा सार्वजनिक गर्ने स्थानीय तहमध्ये ग्रामथान पहिलो बनेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा भक्का प्रवर्द्धन गर्नेदेखि जीवन–मरण कार्यक्रमसम्म समावेश गरिएको छ ।

‘ग्रामथानको भक्का, आम्दानी पक्का’ भन्ने नारालाई सार्थक बनाउन प्रत्येक पुस–माघमा भक्का मेलाको आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, गाउँपालिकाका मुख्य–मुख्य सडकमा आधुनिक बत्तीको जडान गर्ने, सामुदायिक विद्यालयमा २०८२ सालदेखि स्थानीय पाठ्यक्रम लागू गर्न पाठ्यपुस्तक निर्माण गर्ने पालिकाको लक्ष्य छ ।

नीति तथा कार्यक्रम तर्जुमा गर्दा आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय स्रोत–साधन र सीपको अधिकतम प्रयोग गर्ने, महिला , बालबालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लैंङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने, दीगो विकास, वातावरणीय संरक्षण तथा सम्वर्द्धन गर्न सघाउ पुर्‍याउने, भाषिक तथा साँस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्‍याउनेलगायतका विषयलाई प्राथमिकता दिइने बताइएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०