टिपरसँग जुध्यो मोटरसाइकल, दुई जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-१ फुलजोरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

सदरमुकाम गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले मंगलबार बिहा ९ः४५ बजेतिर ठक्कर दिएको थियो ।

Advertisement

टिपरको ठक्करबाट गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका-३ झुम्का बस्ने ३० वर्षीय रविन श्रेष्ठ र मोटरसाइकलमा पछाडि सवार उदयपुरको त्रियुगा नगरपालिका-३ चाप बस्ने २८ वर्षीया हीरा राई रहेकी छन् ।

गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको प्र १-०२-०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको प्र १-२ ००१ ख ८५१४ टिपरले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा १०:४५ बजेतिर मृत्यु भएको डिएसपी चापागाईंले बताए ।

प्रहरीले टिपर चालक त्रियुगा नगरपालिका-७ नाम्जेका ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई टिपरमा ठोक्किएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०