रतुवामाई । मोरङको रतुवामाई नगरपालिकामा सोमबार राति दुई भिन्नाभिन्नै स्थानमा भएको दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
गएराति ८:३० बजेतिर रतुवामाई-४ मा भद्रचोकबाट आमबारीतर्फ आउँदै गरेको को २० प ९०७२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
जसमा मोटरसाइकल चालक सोही स्थानका १९ वर्षीय किरण पोखरेल र साइकल चालक ५२
वर्षीय रोमी मुखिया घाइते भएका हुन् ।
दुवै जना घाइतेलाई उपचारको लागि रंगेली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, गएराति ८:३० बजेतिरै रतुवामाई-२ मा झुटकियाबाट डोरियातर्फ जाँदै गरेको को ५ प १३३२ नम्बरको मोसा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।
जसमा मोटरसाइकल चालक सोही स्थानका अन्दाजी ४० वर्षका पञ्चलाल अमात्य घाइते भएका थिए, उनको नगर अस्पताल
झुटकियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।