विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा तीव्र गतिको स्कुटर दुर्घटना हुँदा दुई महिला घाइते भएका छन् ।
घाइते हुनेमा स्कुटर चालक ग्रामथान-६ की ३५ वर्षीया चाँदनी चौधरी र ४० वर्षीया अनुमति चौधरी रहेका छन् ।
आइतबार दिउँसो १२ः५० बजेतिर ग्रामथान-५ स्थित घिनाघाट-विराटचोक सडकखण्डमा प्रदेश १- ०२-०५१ प २६५७
नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको सो स्कुटर दुर्घटना हुँदा चाँदनीको दाहिने हात र बाँया खुट्टामा चोट लागेको थियो ।
सोही स्कुटरमा पछाडि सवार अनुमतिको टाउको र दाँया खुट्टामा चोट लागेको थियो । घाइते दुवै जनालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको स्कुटर भने प्रहरी चौकी तेतरियाको नियन्त्रणमा राखिएको छ ।
तीव्र गतिमा स्कुटर चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले औंल्याएको छ ।