६५ वटाभन्दा बढी हात्ती एकैसाथ नेपाल छिरे

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ जेठ, २०८१
२ वर्षअघि

दमक । झापासहित कोशी प्रदेशका तराईका जिल्लामा हात्तीले बिध्वंश मच्चाइरहेको छ । हात्तीले भौतिक र मानवीय क्षति बढाइरहेका बेला एकसाथ ६५ वटाभन्दा बढी हात्ती नेपाल छिरेका छन् ।

शनिबार राति नेपाल–भारत सीमा झापाको मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा ६५ वटाभन्दा बढी हात्ती नेपाल प्रवेश गरेका हुन् ।

Advertisement

हात्ती सूचना केन्द्र बाहुनडाँगीका अनुसार मेचीनगर नगरपालिका–४ को प्रसादगौँडामा ६५ वटा हात्ती देखिएका हुन् ।

त्यसमध्ये एउटाबाहेक अरू हात्ती भारततर्फ नै फर्किएको सूचना केन्द्रका शंकर लुँइटेलले जानकारी दिए ।

उनका अनुसार एउटा हात्ती नेपालको स्थानीय सामुदायिक वनमा पसेको छ ।

धेरै संख्यामा नेपाल प्रवेश गरेका हात्तीले भौतिक र मानवीय कुनै पनि क्षति नगरेको जनाइएको छ ।

सीमामा दिनहुँजसो धेरै संख्यामा हात्ती देखिने गरेको छ । मेची किनारमा हात्ती देखिने गरेको र नेपाल प्रवेश गर्न खोज्दा -यापिड रेस्पोन्स टिम (आरआरटी) ले हात्तीलाई जताबाट आएको त्यतैतिर फिर्ता गराउने गरेको छ ।

हात्तीको चहलपहल र अवस्था बुझ्न र मानव–हात्ती द्वन्द्व घटाउन नेपाल र भारततर्फ दुवै देशका युवा रहेको आरआरटी बनाइएको छ ।

यसभन्दाअघि ठुलो संख्यामा झापा छिरेका हात्ती एक वर्ष बित्न लाग्दा पनि भारत फिर्ता भएका छैनन् ।

पूर्वी नेपालका विभिन्न सामुदायिक वनमा दर्जनौँ हात्ती बसिरहेको लुँइटेलले जनाउनुभएको छ ।

नेपाल र भारत सीमा मेची खोलासँग जोडिएको भारततर्फको जंगलमा बसेका हात्ती नेपाल छिर्ने प्रयासमा छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०