नयाँ व्यवस्थापकीय टिमसहित विराट क्षितिज कलेज बरगाछीमा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरको विराट क्षितिज कलेज नयाँ व्यवस्थापकीय टोलीसहित नयाँ ठाउँबाट सञ्चालनमा आएको छ । यसअघि विराटनगर महानगरपालिका-१० ट्राफिक चोकनजिक रहेको विराट क्षितिज विराटनगर-२ बरगाछीस्थित नयाँ भवनमा सरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट २०६९ सालमा सम्बन्धन पाएको यस कलेज १२ वर्षपछि नयाँ भवनमा सारेर पठनपाठनलाई नियमितता दिइएको सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिए । अब, शान्त तथा पठनीय वातावरणमा, सुविधासम्पन्न भवनमा स्थायीत्व दिनेगरी कलेज सारिएको उनको भनाइ छ ।

शनिबार पत्रकार सम्मेलनमा उनले भने, ‘यसै कलेजमा पढेर सयौं विद्यार्थी दीक्षित भइ स्वदेश तथा विदेशमा अध्ययन अनि रोजगारी कार्यमा क्रियाशील छन् । अहिले कलेजको स्थानीत्वका लागि भनेर हामीले नयाँ ठाउँमा स्थानान्तरण गरेका हौं ।’

स्नातक तहका बिएससी सिआइटी र बिसिए विषय अध्यापन गर्दै आएको कलेज नयाँ व्यवस्थापकीय र प्रशासकीय टोलीले नेतृत्व गर्न थालेको छ । सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी कार्कीले सम्हाल्दा दिनेश दाहाल प्रिन्सिपलको भूमिकामा छन् । कान्तिपुर एजुकेसन फाउन्डेसन मोरङ प्रा.लि. साझेदारको रूपमा छ ।

कलेजमा त्रिविको कोटाअनुसार प्रत्येक वर्ष बिएससी सिएसआइटीतर्फ ३६ र बिसिएतर्फ ३५ विद्यार्थी भर्ना गर्ने कोटा रहेको प्रिन्सिपल दिनेश दाहालले जानकारी दिए ।

शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला, तालिमका अतिरिक्त कक्षा सञ्चालन, इन्टर्नसिपको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूको समूहबाट अध्यापन भइरहेको प्रिन्सिपल दाहालले बताए ।

हाल बिएससी सिएसआइटी र बिसिए गरी दुई मात्र विषयमा पठनपाठन भइरहे पनि भावी दिनमा अरू ‘फ्याकल्टी’मा अध्यापन गराउने योजनामा आफूहरू रहेको उनको भनाइ छ ।

प्रकाशित समय: शनिवार १९ जेठ, २०८१, १६:०८:१५

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०