लण्डन रोयल बरो अफ ग्रिनविचको मेयरमा निर्वाचित भए नेपाली मुलका रानाभाट

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ जेठ, २०८१
१२ महिनाअघि

विराटनगर । संयुक्त अधिराज्य (बेलायत) को लन्डन रोयल बरो अफ ग्रिनबिचको मेयरमा नेपाली मूलका जित रानाभाट निर्वाचित भएका छन् ।

लेबर पार्टीका उनलाई गत साता सम्पन्न बरोको साधारण सभाले सर्वसम्मत रूपमा मेयरमा निर्वाचित गरेको थियो ।

निर्वाचित भएसँगै उहाँले एक समारोहबिच बुधबार साँझ एक वर्षे कार्यकालका लागि मेयरको शपथ लिए ।

सोहीक्रममा बरोका निवर्तमान मेयर काउन्सिलर डा. डोमिनिक एमब्याङले मेयरले लगाउने अफिसियल चेन हस्तान्तरण गर्दै रानाभाटलाई औपचारिक कार्यभार सुम्पिए ।

शपथ ग्रहणपछि उनले बेलायत नेपाल र ब्रिटिस गोर्खाबिचको लामो सम्बन्धबारे चर्चा गर्दै आफूले गोर्खा गार्डेन प्रोजेक्ट र बाउल क्यान्सर सचेतना प्रोजेक्ट छानेको बताए ।

कोभिड समयमा उल्लेखनीय योगदान गरेबापत ग्रिनबिच र बेक्सले बरोबाट ‘लकडाउन हिरो’ मा नामांकित रहिसकेका मेयर रानाभाटले सामाजिक सदभाव कायम राख्दै सांस्कृतिक विविधतायुक्त बरोमा सबै समुदायसँग सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

शपथग्रहण समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, बेलायती राजपरिवारका प्रतिनिधि समेत रहेको ग्रिनबिच बरोका डेपुटी लेफ्टिनेन्ट, बरोका उच्च अधिकारी र नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो ।

सोही अवसरमा रानाभाटकी श्रीमती गौमाया गुरुङलाई मेयरेस घोषणा गरिएको थियो ।

बेलायतमा काउन्टी, डिस्ट्रिक, बरो, सिटी, टाउन, र पेरिस काउन्सिल गरी विभिन्न स्थानीय तह रहेका छन् । जसको केहीमा प्रत्यक्ष निर्वाचित मेयर तथा केहीमा काउन्सिल लिडरको कार्यकारी अधिकार रहने गर्दछ ।

लण्डनभित्र ३२ वटा बरो रहेका छन् । इङ्ल्याण्डमा रसमुर, ग्रिनबिच, रिडिङ, केन्टका साथै वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्यान्डमा नेपालीहरूको उल्लेखनीय बसोबास छ ।

बेलायतमा आगामी जुलाई ४ मा संसदीय निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारुढ कन्जरभेटर र विपक्षी लेबर पार्टीबीच प्रतिस्पर्धा हुने सर्वेक्षणले देखाएको छ ।

प्रकाशित समय: बिहिबार १७ जेठ, २०८१, २१:५८:०१
भारतीय नागरिक १० किलो गाँजासहित पक्राउ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा
मङ्गलबार ३० ब‌ैशाख, २०८२
नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम
मङ्गलबार ३० ब‌ैशाख, २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री
मङ्गलबार ३० ब‌ैशाख, २०८२
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर
मङ्गलबार ३० ब‌ैशाख, २०८२
रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
मङ्गलबार ३० ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०