विराटनगर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भक्तपुरमा एक रोपनी एक आना पैतृक सम्पत्ति देखाएका छन् ।
मंगलबार सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो, जसमा लामिछानेले भक्तपुरमा एक रोपनी जग्गा रहेको विवरण देखाएका हुन् ।
उनको ग्लोबल आइएमई बैङ्कमामा रहेको खातामा पाँच हजार रुपियाँ, नेपाल बैङ्क लिमिटेडमा एक लाख पाँच हजार रुपियाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।
श्रीमती निकिता पौडेलको माइतीको संगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत सेयर रहेको उल्लेख गरेका छन् ।
यस्तै घर किन्दाको एक करोड ५० लाख ऋण रहेको पनि उनले उल्लेख गरेका छन् ।
यस्तै, श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।