ग्रामथानमा सामुदायिक भवन निर्माणको विवाद : निर्देशन विपरीत शिलान्यास

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान-४ स्थित महेन्द्र माध्यमिक विद्यालयद्धारा संरक्षित ऐलानी जग्गामा सामुदायिक भवन निर्माण गर्ने बिषय विवादमा परेको छ ।

कोशी प्रदेशसभा सदस्य ललिता चौधरीले गत आइतबार शिलान्यास गरेको सामुदायिक भवन निर्माण विवादमा परेको हो । वर्षौदेखि विद्यालयले संरक्षण गरिरहेको ऐलानी जग्गामा वडा कार्यालय आफैले भवन निर्माणको तयारी गरेपछि विवाद उत्पन्न भएको हो । विद्यालयले भवन निर्माणको तयारी गरिरहेको जग्गामा गत आइतबार वडाले शिलान्यास गराएपछि हाल उक्त बिषय सिडियो कार्यालयसम्म पुगेको छ । भवन निर्माणका निम्त्ति जग्गामा रहेको रुख कटान गर्नुपर्ने भएपछि विद्यालय व्यवस्थापन समितिले रुख कटान कार्य रोक्का गरी पाउँ भनी जेठ ४ गते मोरङ प्रशासनमा निवेदन समेत दिएका थिए । मोरङ प्रशासनले वडा कार्यालयलाई सोही अनुसारको पत्राचार समेत गरेको थियो । तर, प्रशासनको पत्राचार विपरीत रुख उखेलेर भवन निर्माण गर्ने उद्देश्यका साथ ग्रामथान-४ का वडाध्यक्ष बद्रीनारायण माझीले आइतबार भवनको शिलान्यास गराएका छन् ।

Advertisement

वडाध्यक्ष माझी २०५८ सालतिर सोही विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष थिए । त्यसबेला उनले विद्यालयको नाममा रहेको जग्गा भन्दै त्यहाँ बसेको बस्ती उठाएर फरर्वाड नेपालबाट हस्तान्तरण गराएका थिए । खाली भएको जग्गामा उनले वृक्षारोपण समेत गराएका थिए । तर, उनै माझीले अहिले स्कुलको पूर्वपट्टि रहेको उक्त १८ कठ्ठा जग्गामा पालिकाको हक लाग्ने भन्दै आफूखुसी सामुदायिक भवन निर्माणको शिलान्यास गराएका छन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष करमवाल गच्छदार भन्छन, ‘पहिले स्कुलकै जग्गा हो भनेर संरक्षण र वृक्षरोपण गरियो । अहिले विद्यालयले भवन निर्माणको तयारी गरेपछि पालिकाको हक लाग्ने भन्दै हस्तक्षेप गर्ने कार्य भईरहेको छ ।’

आफ्नो संरक्षणमा रहेको जग्गाले आफैले प्रयोग गर्न नपाएको गुनासो विद्यालयको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत भवन निर्माणको योजना समेटिएपछि विद्यालयले डिपिआर निर्माणको काम सुरु गरेको थियो । तर, वडाध्यक्षको मिलेमत्तोमा पालिकाले डिपिआरसँगै बजेट पनि रोक्का गरिदिएको आरोप विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गच्छदारको छ ।

गच्छदारका अनुसार तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माझीकै अध्यक्षतामा २०६७ साल भदौ १७ गते बसेको बैठकले सो जग्गा स्कुलको हुनेगरी निणर्य गरेको थियो । त्यसबेला नागरिक अगुवा, अभिभावक, शिक्षक-विद्यालय सञ्चालक समितिका पदाधिकारीले १२ कक्षासम्म पठनपाठन गर्नेगरी सो जग्गा फरवार्ड नेपालसँग लिएको गच्छदारको दाबी छ । विद्यालयका प्रधानाध्यापक गजेन्द्रप्रसाद चौधरीका अनुसार सामुदायिक भवन निर्माणका लागि गाउँपालिकाबाट २५ लाख र कोशी प्रदेश सरकारबाट २५ लाख गरी ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । जसका लागि विद्यालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि पालिकासमक्ष निवेदन दिएको थियो । तर, वडाध्यक्षको अग्रसरतामा डिपिआरसँगै पालिकाको बजेटर खारेज भएको प्रअ चौधरी बताउँछन् ।

‘उहिल्यैदेखि हामीले हाम्रै जग्गा भनेर संरक्षण गर्‍यौं, अहिले स्कुलको आम्दानीमा वृद्धि गर्ने भनेर भवन निर्माणको तयारीमा थियौं । तर, वडाध्यक्षले हस्तक्षेप गर्नुभयो । भवन निर्माणको माग राखेर सामूहिक निवेदन पनि दिएका थियौं । बदनियतस्वरूप निवेदनमै केरमेट गर्नुभयो ।’ त्यसबेला विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ, आमा समूहलगायतले सामूहिक रूपमा निवेदन दिएका थिए । तर, वडाध्यक्षले पालिकाको स्वामित्वमा रहेको जग्गा स्कुलले उपयोग गर्न नपाउने भन्दै निवेदनमा केरमेट गरेको कागजात शब्द एक्सप्रेसलाई प्राप्त भएको छ ।

अहिले सम्पूर्ण कागजात लिएर शिक्षक-व्यवस्थापन समितिका पदाधिकारी जिल्ला प्रशासन कार्यालय धाइरहेका छन् । शिलान्यासभन्दा अघिल्लो दिन नै प्रहरी चौकी मोतिपूरमार्फत् वडा कार्यालयमा सिडिओ कार्यालयको चिठ्ठी पुगेको थियो । रुख काट्न नहुने भन्ने व्यहोरा उल्लेख भएको पत्र पाए पनि वडाध्यक्ष रुख उखालेर शिलान्यास गर्ने पक्षमा थिए । तर, आदेशविपरीत काम गर्न नहुने भन्दै प्रहरीले रुख उखाल्न दिएन । ‘शिलान्यासको अघिल्लो दिन उहाँले पत्र पाउनुभयो,’ एक प्रहरीले भने, ‘पछि, विद्यालय व्यवस्थापन समिति र वडाध्यक्षबीच मौखिक सहमति भएपछि शिलान्यास भएको हो ।’

तथापि, सामुदायिक भवन निर्माणको काम सकेर विद्यालयलाई हस्तान्तरण गर्ने प्रलोभनमा पारी मौखिक सहमति गराउन बाध्य पारिएको प्रअ चौधरीको गुनासो छ । ‘त्यसबेला हामीलाई नै सञ्चालन गर्न दिनेगरी कुरा भएको थियो, अहिले त्यसमा शंका उत्पन्न भएको छ,’ उनले भने ।

रुख नकाट्ने गरी भवन निर्माण गर्ने प्रतिबद्धता वडाध्यक्षले जनाए पनि निर्माणका क्रममा रुख विनास हुने अनुमान प्रअ चौधरीको छ । ‘हामीले त्यति मेहनतले हुर्काएका रुखहरूमा क्षति पुग्ने निश्चित छ,’ उनी भन्छन्, ‘नकाटे पनि जरैदेखि ढल्छन्, ती रुखहरू ।’

यता, वडाध्यक्ष माझीले भने आफूले कुनै पनि पत्र नपाएको बताए । ‘मैले कुनै पनि पत्र पाएको छैन । हामीले रुख नकाटी भवन निर्माण गर्दैछौं । जहाँसम्म त्यसको स्वामित्व र आम्दानीको विषय छ, त्यो अहिले नै निर्क्यौल गर्न सकिँदैन ।’

ऐलानी जग्गा पालिकाको अधिनमा रहने बताउँदै वडाध्यक्ष आफूअनुकुल सामुदायिक भवन शिलान्यास गरिएको सुनाए । विद्यालयको कम्पाउन्डबाहिरको जग्गा भएकाले यसमा वडाको हक लाग्ने उनको भनाइ छ । ‘त्यो जग्गा नितान्त वडाको हो, उहाँहरूले बेकारको बखेडा झिकिरहनुभएको छ,’ उनले भने, ‘मैले बदनियत राखेर पालिकाको बजेट काटेको होइन । समपुरक बजेटमा रकम अपुग भएर त्यो खारेज भएको हो ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
५ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
८ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
९ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
९ घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
९ घण्टाअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०