गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ५ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरस्थित गिरी फाउन्डेसन र पारस हस्पिटलको समन्वयमा शनिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय १० जनाले स्वास्थ्य सेवा पाएका छन् । विराटनगर महानगरपालिका–९ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा भएको शिविरमा एक सय १० जनाले सेवा पाएका हुन् ।

शिविरमा विराटनगर महानगरप्रमुख नागेश कोइराला, वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ प्रसाद भगतले पनि स्वास्थ्य जाँच गराएका थिए । आजको शिविरमा ५३ जनाले थाइराइड चेक गराएका थिए भने ८५ जनाले सुगर टेस्ट गराएका थिए । दुई लाख बराबरको औषधि निःशुल्क रूपमा वितरण गरिएको थियो । विशेषगरी गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या अधिक रहेको स्वास्थ्योपचारमा संलग्न डाक्टर सन्दीप पन्तले बताए ।

समाजसेवामा सक्रिय बनेका अभिषेक गिरीले स्थापना गरेको फाउन्डेसनले विपन्न वर्गका बिरामीलाई मध्यनजर गर्दै शिविर आयोजना गरेको हो । यस्ता शिविरले महँगो अस्पताल पुगेर खर्चिलो उपचार सेवा लिनबाट बञ्चित बिरामीहरूले सुलभ र सहज उपचार सेवा पाउने स्थानीय सेवाग्राही प्रमोदकुमार भगत बताउँछन् ।

गिरी फाउन्डेसनले विराटनगर–११ स्थित पारस मल्टिस्पेसियालिटी हस्पिटलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिरहेको छ । यसअघि विराटनगर–८ मा रहेको श्री ज्ञानकुञ्च आधारभूत विद्यालयमा, विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा र विराटनगर–१ स्थित परोपकारघाटमा स्वास्थ्य शिविर चलाएको थियो । विपन्न वर्गका बिरामीहरूका लागि यस्ता शिविर जरुरी रहेको विराटनगर–९ का वडाध्यक्ष विश्वनाथ प्रसाद भगतले बताए ।

निःशुल्क शिविरको चौथो संस्रकणसम्म आइपुग्दा सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएको पारस हस्पिटलका प्रबन्ध निर्देशक हेमनारायण मेहताले जानकारी दिए ।

अस्पतालको पहुँचबाट टाढा रहेका विपन्न वर्गका सर्वसाधारणलाई मध्येनजर गरेर शिविरको आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीको भनाइ छ । मौलिक हकअन्तर्गतको स्वास्थ्य अधिकारबाट नागरिक बञ्चित भइरहेको बताउँदै उनले सरकार तथा सम्बन्धित निकायको ध्यान खिच्न पनि शिविर चलाइरहेको बताए । आगामी दिनमा मोरङ कारागार, वृद्धाश्रमलगायत ठाउँमा शिविरको आयोजना गर्ने उनको योजना छ ।

शिविरमा आएकामध्ये अतिविपन्न बिरामीलाई फाउन्डेसनका अध्यक्षले उपचार खर्च बेहोर्ने प्रतिबद्धतासहित पारस अस्पताल पठाएका थिए । पछिल्लो समय गिरी स्वास्थ्य क्षेत्रको पहुँचमा सर्वसाधारणलाई पु¥याउन अनि शैक्षिक सुधारका लागि खटिइरहेका छन् ।

प्रकाशित समय: शनिवार ५ जेठ, २०८१, १९:२३:३१

सम्बन्धित खबर

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
४ घण्टाअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
११ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०