लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । लागुऔषध ओसार पसारविरुद्ध प्रहरीले आक्रामक ढंगले प्रस्तुत हुन थालेको छ ।

केही दिनअघि मोरङको रतुवामाईमा गोली प्रहार गरी लागुऔषध कारोबारीलाई पक्राउ गरेको प्रहरीले बिहीबार साँझ सुनसरीबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।

Advertisement

रतुवामाई नगरपालिका-६ मा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारी भारतीय नागरिक भागिरथ हरिजनलाई नियन्त्रणमा लिएको थियो ।

लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्‍जेल नेतृत्वको टोलीले भारतीय नागरिक हरिजनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो ।

हिजो साँझ भने सुनसरीको रामधुनी नगरपालिका-६ इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न रहेका दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सप्तरीका एक जनालाई पक्राउ गरेको हो ।

सप्तरीको सप्तकोशी नगरपालिका-५ का ३५ वर्षीय श्यामसुन्दर खंग र इटहरी उप-महानगरपालिका-५ का ४० वर्षीय श्यामप्रसाद निरौला पक्राउ परेका हुन् ।

रामधुनी-६ स्थितमा संकास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गर्दा प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले प्रतिकारस्वरूप एक राउण्ड गोली प्रहार गरेको हो ।

खंगको पिडुँलामा लागि घाइते भएको र संलग्न दुवै जनालाई दुई सय १० ग्राम सात ३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

गोली लागि घाइते भएका खंगको सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०