कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ जेठ, २०८१
५ महिनाअघि

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकाल कानुन निर्माणमा कमजोर देखिएको छ । स्पष्ट बहुमतको अभावमा प्रदेशसभा सरकार बनाउने र भत्काउने कार्यमा मात्र प्रयोग हुँदा कानुन निर्माणको पक्ष कमजोर बनेको हो ।

कोशी प्रदेशसभाको पहिलो कार्यकालमा चलेका १० अधिवेशनबाट ६२ विधेयक र दुईवटा नियमावली पारित भयो । उक्त प्रदेशसभाले तीनवटा सरकारसमेत निर्माण गर्‍यो ।

तर, दोस्रो कार्यकालमा भने कोशी प्रदेशसभाको रफ्तार कमजोर देखिएको छ । सरकार गठन र विघटनमा अल्झिएर प्रदेशसभाले नियमितबाहेकका अन्य कुनै काम गर्न सकेको छैन ।

आफ्नै नियमावलीसमेत बनाउन नसकेको कोशी प्रदेशसभाको दोस्रो कार्यकालको हालसम्म मात्र आठवटा विधेयक पारित भएका छन् ।

कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पछिल्लो १८ महिनाको अवधिमा पाँचवटा प्रदेशसभा अधिवेशन सम्पन्न हुँदा जम्मा ४८ वटा बैठक बस्यो । जसमा १२ वटा विधेयक दर्ता हुँदा आठ वटा प्रमाणीकरण भएका हुन् भने चारवटा विधेयक निष्क्रिय भएका छन् ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले प्रदेश सभाको हिउँदे अधिवेशनमा १३ वटा बैठक बस्दा तीन वटा विधेयक दर्ता भएकोमा दुई वटा पारित भएको बताए ।

प्रथम अधिवेशनमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक र केही प्रदेश ऐनलाई संशोधन गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित हुँदा प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक निष्क्रिय बनेको थियो ।

यसैगरी, बजेट अधिवेशनमा ६ वटा बैठक बस्दा दुई वटा विधेयक दर्ता भएकोमा एउटा प्रमाणीकरण भयो ।

प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित भई प्रमाणीकरण भएपश्चात् साबिक प्रदेश नम्बर १ लाई विस्थापित गरी सबै ऐनमा कोशी प्रदेश कायम भएको थियो ।

तर, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक निष्क्रिय बनेको सचिवालयले जनाएको छ ।

तेस्रो अधिवेशनमा पाँचवटा बैठक बस्दा चार विधेयक दर्ता भएका थिए, जसमध्ये दुईवटा विधेयक पारित भएको थियो ।

सूचना अधिकारी ढकालले यस अधिवेशनमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भयो भने आ.व. ०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निष्क्रिय भएको बताए ।

२३ वटा बैठक बसेर समापन भएको चौथो अधिवेशनमा तीन वटा विधेयक दर्ता भएकोमा सबै पारित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी ढकालले बताए ।

पाँचौं अधिवेशन भने नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको थियो ।

यसरी हेर्दा अघिल्लो कार्यकालको तुलनामा यो कार्यकाल कानुन निर्माणमा कोशी प्रदेशसभा कमजोर देखिएको छ ।

सदन पनि न्यून समय मात्र सञ्चालन भएको देखिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

राजनीतिक अस्थिरताका कारण प्रदेशसभाले ‘फुल फेज’मा काम गर्न पाएको छैन । जनताको आवाज उठ्ने प्रमुख थलोको रूपमा रहेको प्रदेशसभामा सांसदहरूले जनताको समस्या उठाउनै पाएका छैनन् ।

विषयगत समितिले चाँडै नेतृत्व पाउने

कोशी प्रदेशसभाको दोस्रो कार्यकालको १८ महिना बितिसक्दा पनि प्रदेशसभाबाट विषयगत समितिहरूले नेतृत्व पाएका छैनन् ।

विषयगत समितिहरू गठन भएको यत्रो समयसम्म अझै पनि ज्येष्ठ प्रदेशसभा सदस्यको नेतृत्वमा चलिरहनुपरेको छ ।

गत वर्षको पुस १७ गते प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो ।

त्यसयता छैटौंपटक सरकार गठन र तीनपटक सभामुखको निर्वाचन गरेको कोशी प्रदेशसभामा हाल कुनै पनि विषयगत समितिले नेतृत्व पाएका छैनन् ।

ज्येष्ठ प्रदेशसभा सदस्यका आधारमा न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा शीलादीक्षित कार्की, सार्वजनिक लेखा समितिको सभापतिमा किशोरचन्द्र दुलाल, अर्थ समितिको सभापतिमा रोहितबहादुर कार्कीले नेतृत्व गरिरहेका छन् ।

यस्तै, सामाजिक विकास समितिको सभापतिमा गयानन्द मण्डल, उद्योग पर्यटन तथा वातावरण समितिको सभापतिमा गोपालबहादुर विश्वकर्मा, प्राकृतिक स्रोत तथा पूर्वाधार समितिको सभापतिमा रामप्रसाद महतो र सुशासन तथा योजना समितिको सभापतिमा मालतीकुमारी लिम्बुले नेतृत्व गरिरहेका छन् ।

प्रदेशसभा गठन भएको १० महिनापछि विषयगत समितिहरू निर्माण भएपनि समितिहरू भने अझै सभापतिविहीन अवस्थामा छन् ।

यद्यपि, ढिलै भएपनि विषयगत समितिहरूलाई आगामी दुई साताभित्रै पूर्णता दिने तयारी भइरहेको कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट बताउँछन् ।

दलहरूको सहमतिमा नभए निर्वाचन गरेरै भए पनि विषयगत समितिको सभापति चयन गर्ने तयारी रहेको उनको भनाइ छ ।

‘विषयगत समितिको सभापति चयनमा ढिलाइ भइरहेको छ,’ उनले भने, ‘यो बीचमा म आएको केही दिनमै सभापति चयन गर्न प्रयास भएको हो । तर, राजनीति यस्तै भएको कारण सहमति गरेरै गर्ने भनेर ढिला भयो । यसलाई हामीले जेठको दोस्रो हप्तासम्ममा सकौँ भनेका छौँ । १३ गतेदेखि नीति तथा कार्यक्रम तथा बजेट अधिवेशन छ । त्योबीचमा सबै दलका नेताहरूसँग कुरा गरेर जेठको तेस्रो हप्तासम्ममा सबैको सल्लाहले सकौँ भनेर लागेका छौँ । त्यति गर्दा पनि सहमति भएन भने विधानसम्मत ढंगले निर्वाचनको समय तोक्छु । त्यसपछि निर्वाचन हुन्छ र सभापतिहरू चयन हुन्छन् ।’

कोशी प्रदेशसभामा प्रतिवर्ष २० करोड ५४ लाखको हाराहारीमा खर्च हुने गरेको छ । प्रदेशसभाको पहिलो पाँच वर्षमा जम्मा एक अर्ब दुई करोड ७० लाख ३४ हजार खर्च भएको थियो ।

यसमा प्रदेश पदाधिकारी, प्रदेश सभा सदस्य, सचिवालयका कर्मचारी, स्वकीय सचिव, प्रदेश सभा सचिवालयका कर्मचारीको पारिश्रमिक, सुविधा, कार्यालय सञ्चालन जस्ता चालु प्रकृतिका खर्च समावेश छन् ।

प्रकाशित समय: बिहिबार ३ जेठ, २०८१, १७:५४:४५

सम्बन्धित खबर

ग्रामथानमा घरअगाडि खेलिरहेका तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दियो

शुक्रबार १८ असोज, २०८१
१४ घण्टाअघि

विराटनगरमा ट्रकले ठक्कर दिँदा वृद्ध उमेरका साइकलयात्रीको मृत्यु, ट्रक छोडेर भागे चालक

बिहिबार १७ असोज, २०८१
२२ घण्टाअघि

भुटानमा पूर्वराजा ज्ञानेन्द्रलाई भुटानी राजकुमारीबाट स्वागत

बिहिबार १७ असोज, २०८१
२४ घण्टाअघि

केराबारीमा क्रसरले खनेको खाल्डोमा परेर नाबालक दाजुभाइको मृत्यु

बिहिबार १७ असोज, २०८१
२४ घण्टाअघि

हिन्दु-मुस्लिमबीच धार्मिक सद्भाव कायम गरी चाडपर्व मनाउनेगरी समझदारी

बिहिबार १७ असोज, २०८१
१ दिनअघि

घरेलु उद्योग महासंघ मोरङको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम

बिहिबार १७ असोज, २०८१
१ दिनअघि
ग्रामथानमा घरअगाडि खेलिरहेका तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दियो
शुक्रबार १८ असोज, २०८१
हारबाट जसोतसो जोगियो १० खेलाडीमा सीमित युनाइटेड
शुक्रबार १८ असोज, २०८१
विराटनगरमा ट्रकले ठक्कर दिँदा वृद्ध उमेरका साइकलयात्रीको मृत्यु, ट्रक छोडेर भागे चालक
बिहिबार १७ असोज, २०८१
भुटानमा पूर्वराजा ज्ञानेन्द्रलाई भुटानी राजकुमारीबाट स्वागत
बिहिबार १७ असोज, २०८१
केराबारीमा क्रसरले खनेको खाल्डोमा परेर नाबालक दाजुभाइको मृत्यु
बिहिबार १७ असोज, २०८१
दुई नाबालिका छोरीको हत्या गरेकी अस्मिता कारागार चलान
बिहिबार १७ असोज, २०८१
हिन्दु-मुस्लिमबीच धार्मिक सद्भाव कायम गरी चाडपर्व मनाउनेगरी समझदारी
बिहिबार १७ असोज, २०८१
घरेलु उद्योग महासंघ मोरङले आयोजना गर्‍यो वित्तीय साक्षरता कार्यक्रम
बिहिबार १७ असोज, २०८१
घरेलु उद्योग महासंघ मोरङको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम
बिहिबार १७ असोज, २०८१
विराटनगरमा घटस्थापनाका अवसरमा कलशयात्रा (तस्बिरहरू)
बिहिबार १७ असोज, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०