विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्य न्यायाधिवक्तामा नारायणप्रसाद वस्तीलाई नियुक्त गर्न सिफारिस गरेका छन् ।
मुख्यमन्त्री कार्कीले मोरङ विराटनगरका वस्तीलाई नियुक्त गर्न प्रदेश सरकारले प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेका हुन् ।
नेपालको संविधानको धारा १६० को उपधारा २ अनुसार मुख्यमन्त्री कार्कीले वस्तीलाई नियुक्त गर्न आँटेका हुन् ।
वस्ती नेकपा एमाले निकट कानुन व्यवसायीहरूको संगठन प्रगतिशिल तथा व्यवसायीक कानुन व्यवसायी संगठनका कोशी संयोजक तथा केन्द्रीय उपमहासचिव हुन् ।
यसअघि मुख्यमन्त्री रहेका केदार कार्की नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालालाई नयाँ सरकार गठन भएसँगै बर्खास्त गरिएको थियो ।