प्रहरीको सफलता : एकैदिन ६ सय ९० किलो गाँजा बरामद, चार जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम लागुऔषध गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मिनी ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागन्जबाट साहेबगन्जतर्फ लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले चार सय ४० किलो गाँजा बरामद गरेको थियो ।

Advertisement

गए राति इलाका प्रहरी कार्यालय साहेबगन्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका-५ मेहेता टोलको भित्री सडक खण्डबाट को १ ख ७१२३ नम्बरको मिनी ट्रकबाट गाँजा बरामद गरेको हो ।

ट्रकबाट गाँजा बरामद भएसँगै चालक भीमफेदी नगरपालिका-१४ मकवानपुरका २५ वर्षीय चन्द्रबहादुर पाख्रिङ, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका-६ मोरङका बलबहादुर लिम्बु र देवानगन्ज-४ का ३० वर्षीय अरबिन्द पाललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले भारतीय रुपैयाँ एक लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र पाँच थान मोबाइल सेटसमेत बरामद गरेको छ ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका-१७ आइसिपी रोडमा काँचो केरा बोकेको प्रदेश १-०२-०२ च. ६३३१ नम्बरको पिकप भेनबाट केरासहित गाँजा अनलोड गर्दै गरेको भन्ने विशेष सूचना आधारमा दुई सय ८० किलो गाँजा बरामद गरेको हो ।

गए राति इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त पिकप भेनबाट गाँजा बरामद गरेको थियो ।

गाँजा बरामद भएसँगै चालक सहिदभूमि गाँउपालिका-३ धनकुटाका १८ वर्षीय दिवस राईलाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध गाँजासहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०