लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ जेठ, २०८१
५ महिनाअघि

विराटनगर : प्रहरीले लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गोली चलाएको छ ।

मोरङ रतुवामाइ नगरपालिका-६ मा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारी भारतीय नागरिक भागिरथ हरिजनलाई नियन्त्रणमा लिएको हो।

लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्‍जेल नेतृत्वको टोलीले भारतीय नागरिक हरिजनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

हरिजनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको छ । लागुऔषध कारोबारी हरिजन शिक्षण पेशामा आवद्ध रहेको स्रोतले बताएको छ ।

लागुऔषध कारोबारमा संलग्न भएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो ।

पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाएर उनलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरो स्रोतले जनाएको छ ।

प्रकाशित समय: बुधबार २ जेठ, २०८१, १२:३१:३२

सम्बन्धित खबर

अर्जेन्टिनालाई हराउँदै ब्राजिलले जित्यो विश्वकप !
आईतबार २० असोज, २०८१
बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक गोल
आईतबार २० असोज, २०८१
कोशी सुधार अभियान : बाहुनीको विद्यालयमा सरसफाइ तथा वृक्षारोपण
आईतबार २० असोज, २०८१
इटहरीकी भिमादेवी, जसले बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख असुलिन्
आईतबार २० असोज, २०८१
दसैंमा जुध्दै छन् तीन चलचित्र, कसले जित्ला दर्शकको मन ?
आईतबार २० असोज, २०८१
आज कोशीसहित केही प्रदेशमा पानी पर्ने सम्भावना
आईतबार २० असोज, २०८१
ला लिगा : रियल मड्रिडको अपराजित यात्रा कायमै, गर्‍यो बार्सिलोनासँग अंक बराबरी
आईतबार २० असोज, २०८१
नासरको जितमा माने र रोनाल्डोको गोल
आईतबार २० असोज, २०८१
प्रिमियर लिग : सिटीसँग आर्सनलको अंक बराबरी
शनिवार १९ असोज, २०८१
कोभासिस चम्किँदा सिटीको जित, हालान्डले सकेनन् गोल गर्न
शनिवार १९ असोज, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०