कुम्भमेलामा एक हजार ६ सय स्काउटद्वारा सेवा प्रदान

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २९ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । शुक्रबारबाट विधिवत रूपमा समापन भएको  सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा एक हजार ६ सय स्काउट परिचालित भएका छन् ।

स्थानीय स्काउट विराटनगर प्रमुख आयुक्त नवीन पहाडीका अनुसार गत चैत २७ गतेदेखि समापनका दिनसम्म महाकुम्भ मेलामा एक हजार ६ सय जना स्काउट, रोभर-रेन्जर र स्काउटरहरूले सेवा प्रदान गरेका हुन् ।

Advertisement

प्रदेश स्काउट कार्यालयको समन्वय र स्थानीय स्काउट कार्यालय, बराहक्षेत्र नगरपालिकाको व्यवस्थापनमा स्काउट स्वयंसेवकहरू परिचालन गरिएको हो ।

बराहक्षेत्र नगरमा सञ्चालित स्काउट दलहरू र कोशी प्रदेशका स्काउटर र रोभर/ रेन्जरहरूले कुम्भमा सेवा उपलब्ध गराएका हुन् ।

स्काउट स्वयंसेवकहरूले कार्यक्रम व्यवस्थापन, श्रद्धालु भक्तजनको लाइन व्यवस्थापनमा सक्रिय सहभागिता जनाएको पहाडीले बताए ।

अरू दिनहरूमा दैनिक विभिन्न आवश्यक क्षेत्रमा स्काउट स्वयंसेवकहरूले सेवा प्रदान गरेका हुन् ।

प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक छ वर्षमा अर्धकुम्भ र बाह्र वर्षमा पूर्णकुम्भ मेला लाग्नेगरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०