जनकका ४४ विद्यार्थीलाई छात्रवृत्ति, ११३ विद्यार्थी भए सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २८ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित जनक मेमोरियल बोर्डिङ स्कुलले प्रगति विवरण तथा छात्रवृत्ति वितरण कार्यक्रम गरेको छ ।

विद्यालय प्रांगणमा शुक्रबार स्कुलले विद्यार्थी, अभिभावकको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति प्रदान र विद्यार्थीलाई सम्मान गरेको हो ।

Advertisement

विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि १० सम्मका ४४ जना विद्यार्थीलाई सात लाख २५ हजार एक सय रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो । प्रत्येक कक्षाका १० उत्कृष्ट विद्यार्थी छनोट गरी १० मध्ये उत्कृष्ट तीन विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

उनीहरूलाई स्कुलका प्रिन्सिपल सुनील भगत,शैक्षिक प्रमुख सुरज अधिकारी, लेखा प्रमुख आलोक अधिकारी, प्लस टु कोअर्डिनेटर वीरेन्द्रकुमार चौधरी, व्यवस्थापक सुखाराम माझीले छात्रवृत्ति वितरण गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्लस टु कोअर्डिनेटर वीरेन्द्रकुमार चौधरीले अभिभावक र विद्यार्थीको समन्वयले नै जनक उत्कृष्ट विद्यालयको लयमा रहेको बताए ।

यसैगरी, कक्षा क्याप्टेन र भाइस क्याप्टेन पनि चयन गरिएको थियो । उनीहरूलाई विद्यालयका शिक्षक-शिक्षिकाले अभिर, खदा र प्रमाणपत्रसहित सम्मान गर्दा पूर्व क्याप्टेन र पूर्व भाइस क्याप्टेनले ब्याच वितरण गरे ।

यस्तै, शैक्षिकसत्र २०८० भरिमा विद्यालयकै उत्कृष्ट बनेका चार विद्यार्थी १० हजार राशि र प्रमाणपत्रसहित सम्मानित भए ।

कार्यक्रममा बोल्दै अभिभावक नारायण थन्दारले यस्ता कार्यक्रमले विद्यार्थीमा हौसला र अभिभावकमा पनि उत्साह छाउने सुनाए ।

कार्यक्रममा विद्यालयका व्यवस्थापक सुखाराम माझीले २०६५ सालदेखि नै विद्यार्थीको मनोवल बढाउन छात्रवृत्ति प्रदान गर्ने गरिएको बताए ।

विद्यालयका प्रिन्सिपल सुनील भगतले पढाइमा मात्र नभए अतिरिक्त क्रियाकलापमा पनि जनक अब्बल रहेको बताए ।विद्यालयका उत्कृष्ट ११३ जना विद्यार्थीलाई सम्मान गरिएको जनाउँदै उनले आगामी दिनमा पनि छात्रवृत्ति प्रदानको कामलाई निरन्तरता दिने बताए ।

विद्यालयका शैक्षिक प्रमुख तथा कार्यक्रमका सभापति सुरज अधिकारीले सन् १९९१ मा स्थापित विद्यालयले यसअघि समेत छात्रवृत्ति उपलब्ध गराउँदै आएको भए पनि यसपालि चेक नै बनाएको प्रदान गरिएको बताए ।

कार्यक्रममा सहायक लेखा सुरेन्द्र भगत, निमावि इन्चार्ज करणकुमार माझीलगायत शिक्षक-शिक्षिकाको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०