कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, फेरि मन्त्री बने उप्रेती र रानामगर

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ ब‌ैशाख, २०८१
१ हप्ताअघि

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा बिहीबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीसहित तीन जनालाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

मन्त्री हुनेमा नेकपा एमालेका रामबहादुर राना मगर र नेकपा माओवादी केन्द्रका गणेश उप्रेती ‘सुशील’ रहेका छन् । नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी भने तोकिएको छैन ।

रानामगर इलाम र उप्रेती मोरङका हुन् । उनीहरू यसअघि पनि मन्त्री भइसकेका थिए । एमाले प्रदेश संसदीय दलका उपनेता रानामगर कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा यसअघि मन्त्री बनेका थिए ।

तर, त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषद्मा सामेल भएपछि एमालेले सरकार छाडेको थियो । मन्त्री रानामगरले पदबाट राजीनामा दिएका थिए ।

उप्रेती पनि कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री थिए । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमाले र माओवादीले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए ।

सरकारलाई दिएको समर्थन चैत २६ गते फिर्ता लिएपछि उप्रेतीले पदबाट राजीनामा दिएका थिए ।

नेकपा माओवादी केन्द्र र एमालेका ५२ प्रदेशसभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता कार्की आजै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेशसभाका ५२ सदस्यको हस्ताक्षरसहित दाबी भएको थियो ।

सनाखतपछि उनलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार राति आह्वान गरेका थिए ।

माओवादी केन्द्र र एमालेका ५२ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभाको जानकारीपत्र समेतका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख छ ।

एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए । त्यसलाई चिर्न दुई दलले समावेदनमार्फत प्रदेशसभाको विषेश अधिवेशन आह्वान गराएर समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए ।

मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्ताव बाध्यकारी नभएको भन्दै विश्वासको मत लिने प्रस्ताव नै प्रदेशसभामा राखेनन् । प्रदेशसभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशनअनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भएपनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखको कार्यालयले पठाएपछि नयाँ सरकार आह्वानको ढोका खुलेको थियो ।
मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयको सो पत्र तथा प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा प्रदेश प्रमुख खापुङ महान्यायधीवक्ता डा.दिनमणि पोखरेलको रायअनुसार सरकार गठनको आह्वान गरेका हुन् ।

जसअनुरूप एमालेका कार्की नेतृत्वमा नयाँ सरकार गठन भएको हो । कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिएका थिए ।

सर्वोच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा पुनः राजीनामा दिएका थिए ।

केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ ।

२०८० असोज २७ गते केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेर मुख्यमन्त्री बनाएका थिए ।

हिक्मत मुख्यमन्त्री बनिरहँदा केदार कार्कीले भने त्यसविरुद्ध सर्वोच्च अदालतमा अदालत रिट दायर गरेका छन् । आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गर्नु संविधानविपरीत भएको जिकिरसहित उनले आजै अदालतमा मुद्दा दायर गरेका हुन्

प्रकाशित समय: बिहिबार २७ ब‌ैशाख, २०८१, १९:०२:५१

सम्बन्धित खबर

गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा

शनिवार ५ जेठ, २०८१
३ घण्टाअघि

लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ

शुक्रबार ४ जेठ, २०८१
१ दिनअघि

कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते

शुक्रबार ४ जेठ, २०८१
२ दिनअघि

कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने

बिहिबार ३ जेठ, २०८१
२ दिनअघि

कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस

बिहिबार ३ जेठ, २०८१
२ दिनअघि

विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा सिटीसफारीमा सवार दुई महिलासहित तीन जना घाइते

बिहिबार ३ जेठ, २०८१
३ दिनअघि
गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा
शनिवार ५ जेठ, २०८१
कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
शुक्रबार ४ जेठ, २०८१
कोशीमा मन्त्रीमण्डल विस्तार, मन्त्रालय छिनोफानो लाग्यो
शुक्रबार ४ जेठ, २०८१
लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ
शुक्रबार ४ जेठ, २०८१
विश्वकप : नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने
शुक्रबार ४ जेठ, २०८१
रोनाल्डो र मेस्सीपछि धेरै अन्तर्राष्ट्रिय गोल गरेका सुनीलले लिए सन्न्यास
शुक्रबार ४ जेठ, २०८१
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते
शुक्रबार ४ जेठ, २०८१
इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना
शुक्रबार ४ जेठ, २०८१
कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने
बिहिबार ३ जेठ, २०८१
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०