विराटनगरमा मोटरसाइकलको ठक्करबाट दुई महिला घाइते

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगरमा बुधबार भएका दुई भिन्नाभिन्नै दुर्घटनामा परी दुई महिला घाइते भएका छन् ।

हिजो बिहान ९ बजेतिर विराटनगर-८ देवकोटा चोकमा हाटखोलाबाट विराटनगरतर्फ आउँदै गरेको प्र१-०२-०५०प ९९८५ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

Advertisement

सो दुर्घटनामा साइकल चालक विराटनगर-१० बस्ने ३८ वर्षीया कमला पौडेल घाइते बनेकी छन् । उनको मकालु एभरेस्ट अस्पताल विराटनगर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनको उपचार मोटरसाइकल चालक कटहरी गाउँपालिका-२ बस्ने ३० वर्षीय सरोज यादवले गराइरहेका छन् भने मोटरसाइकल र साइकल वडा प्रहरी कार्यालय हाटखोलाको नियन्त्रणमा छ ।

चालकको लापरवाहीले गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यस्तै, हिजो राति ९:३० बजेतिर विराटनगर-१ पानी ट्यांकी छेउमा तत्काल नम्बर नखुलेको मोसाले पैदलयात्रीलाई ठक्कर दिएको छ ।

मोटरसाइकलको ठक्करबाट सोही स्थानकी अन्दाजी ५५ वर्षीया मीना तामाङ घाइते बनेकी छन् ।

टाउकोमा चोट लागेर घाइते बनेकी उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकल चालक मोटरसाइकलसहित फरार रहेकाले खोजीको काम भइरहेको छ ।

तीब्र गतिको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०