जीवन विकासले गर्‍यो कार्यालय सहयोगीसहितका उत्कृष्ट कर्मचारी र शाखालाई पुरस्कृत

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत  गरेको छ । आर्थिक वर्ष  २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो ।

जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डललाई पुरस्कृत गरेको हो ।

Advertisement

उत्कृष्ट शाखा प्रमुख घोषित भएका रिता घिमिरे, अनिल कुमार साह, यदुनन्दन कुमार साहलाई पनि पुरस्कृत गरेको हो ।

उत्कृष्ट फिल्ड कर्मचारी कल्पना कुमारी चौधरी, जेसन कुमार दास र चन्दन कुमार सिंहलाई पुरस्कृत गरेको छ ।

उत्कृष्ट कार्य गरेबापत कार्यालय सहयोगी सविता कुमारी गोढी , प्राविधिक कर्मचारी कुन्दनकुमार सिंह, रिसेप्सनिष्ट गीता खत्रीलाई पनि पुरस्कृत गरेको हो ।

आर्थिक वर्ष २०७९–८० को उत्कृष्ट शाखा घोषित भएको अमाही, राप्ती र विराटनगर शाखालाई पनि पुरस्कृत गरेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका २४ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको जीवन विकासको १६० वटा शाखामा एक हजार आठ जना कर्मचारी कार्यरत छन् । ती मध्ये उत्कृष्टलाई पुरस्कृत गरिएको हो ।

उत्कृष्ट कर्मचारी र शाखालाई जीवन विकासका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, जीवन विकास लघुवित्तका वित्तीय संस्थाका अध्यक्ष बिक्रमराज सुवेदी, सञ्चालकहरु गोकर्ण खतिवडा, श्यामचन्द्र खतिवडा र प्रकाशकुमार श्रेष्ठले प्रमाणपत्र तथा मेडल प्रदान गरे ।

आर्थिक वर्षको तेस्रो त्रयमासमा उत्कृष्ट कार्य गर्ने शाखाहरुलाई पनि विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले समाज केन्द्रित गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरे ।

लघुवित्त ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले देश बनाउने अभियानमा केन्द्रित हुनुपर्ने बताए ।

लघुवित्तले सामाजिक व्यवसाय गरिरहेको उल्लेख गर्दै उनले भने,‘लघुवित्त मार्फत देश बनाउने अभियानमा लाग्नुहोस्, अहिले योगदान गर्दा पछि सबैले उपलब्धि पाउँछन् ।’

वातावरण संरक्षणका लागि वृक्षारोपण अभियानलाई पनि निरन्तर अघि बढाउन आग्रह गरे ।

लघुवित्त विरुद्ध माफियाको समूहले निरन्तर प्रहार गरेको बताउँदै उनले सबैको प्रयासमा लघुवित्तलाई असफल बनाउने प्रयासलाई विफल बनाइएको बताए ।

जीवन विकास लघुवित्तका अध्यक्ष विक्रमराज सुवेदीले समाज परिवर्तनका लागि जीवन विकास सुरु भएको बताए ।

दुई वर्षयता लघुवित्त माथि निरन्तर प्रहार हुँदा लघुवित्तले आफ्नो स्थानमा उभिएर जनतालाई सेवा प्रवाह गरिरहेको बताए ।

‘जीत लघुवित्तको भएको छ, सिंगो समाजले जितेको छ,’ उनले भने,‘ समाज परिवर्तनका लागि जीवन विकासले काम गरिरहेको छ, सामाजिक कर्तव्य निभाइरहेको छ ।’

जीवन विकासका सञ्चालक गोकर्ण खतिवडाले पछिल्लो केही समययता देशको वित्तीय क्षेत्र नाजुक अवस्थामा रहँदा लघुवित्तले आफ्नो स्थानबाट निरन्तर योगदान गरिरहेको बताए ।

‘जीवन विकासले पहिलेकै अवस्थामा रहेर जनताको सेवा गरिरहेको छ,’उनले भने,‘उत्साहित भएर निरन्तर अघि बढ्नुहोला ।’

कार्यक्रममा लघुवित्तका सञ्चालकहरु श्यामचन्द्र खतिवडा र  प्रकाशकुमार श्रेष्ठले लघुवित्तले ग्रामीण अर्थतन्त्रको विकासका लागि घरदैलोमा पुगेर वित्तीय सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताए ।

जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले लघुवित्तले सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।

लघुवित्तले वित्तीय कारोबार मात्रै नभई समग्र समाजको विकासका लागि काम गरिरहेको उनले बताए ।

ग्रामीण अर्थतन्त्रको विकासका लागि निरन्तर काम गरिरहेका लघुवित्त माथि बारम्बार भएको प्रहारले जनतामा नकारात्मक सन्देश फैलिएको बताउँदै उनले नकारात्मक भ्रमलाई चिर्दै लघुवित्तलाई अझ प्रभावकारी बनाउने अभियानमा लाग्नुपर्ने बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०