झापा । झापाको शिवसताक्षी नगरपालिकामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
आज बिहान ५ः३० बजेको समयमा शिवसताक्षी-८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुंगातर्फ आउँदै गरेको मे३प ५००१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरोसँग ठोकिएको थियो ।
जसमा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र एक जनालाई बिएन्डसी अस्पताल, बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको हो ।
मृतकको तत्काल पहिचान खुल्न सकेको छैन । दुई जना अन्दाजी २५ वर्षका र एक जना १६ वर्षको रहेको जिल्ला प्रहरी कार्यालय झापाका डएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
दुवै सवारीसाधनसहित बोलेरो चालक मेचीनगर नगरपालिका-६ का ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको छ ।