कोशी प्रदेशमा सुरु भयो पूर्व-पश्चिम राजमार्गलाई चार लेन बनाउने काम

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशमा पर्ने पूर्व-पश्चिम राजमार्गलाई दुई लेनबाट चार लेन बनाउने काम सुरु भएको छ ।

पूर्व-पश्चिम हाइवेअन्तर्गत झापाको काँकरभिट्टाबाट सुनसरीको लौकहीसम्म सडक विस्तारको काम थालिएको हो ।

चार लेन सडक विस्तार गर्ने काम तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको ऋण सहयोगमा थालिएको हो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको काँकरभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति गर्ने तयारी रहेको छ ।

तर, ९७ किलोमिटरका लागि मात्र ठेक्का लागेर काम सुरु भएको छ ।

आयोजनाले यो सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेको छ ।

काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले हेर्ने छ भने सीतापुरबाट इटहरी पश्चिम पचरुखीसम्मको क्षेत्र इटहरी कार्यालयको कार्यक्षेत्रमा छ ।

पूर्वी खण्डमा २१ वटा पुल रहेका छन् भने १३५ वटा कल्भर्ट बन्ने छन् ।

‘पाइल फाउन्डेसन’ विधिबाट केर्खा खोला र कमल खोलामा पुल निर्माण भइरहेको र ३५ वटा कल्भर्ट निर्माण जारी रहेको आयोजनाका प्रमुख सुनीलबाबु पन्तले जानकारी दिए ।

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिब रु १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको योजना प्रमुख पन्तले बताए ।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेची पुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेको छ ।

सडक विस्तारको लागि किनारमा पर्ने ११ हजार ५१३ वटा रुखमध्ये ७५ प्रतिशत काटिसकिएको छ । वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार काम भइरहेको आयोजनाले जनाएको छ ।

इटहरीस्थित आयोजना कार्यालयका अनुसार सडक र पुल निर्माणका लागि पाँचवटा अलग–अलग ठेक्का लगाइएको छ ।

प्रकाशित समय: आईतबार ९ ब‌ैशाख, २०८१, १७:२९:०३

सम्बन्धित खबर

प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा

आईतबार १७ जेठ, २०८३
२ घण्टाअघि

वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा

आईतबार १७ जेठ, २०८३
५ घण्टाअघि

राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान

आईतबार १७ जेठ, २०८३
७ घण्टाअघि

राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक

आईतबार १७ जेठ, २०८३
७ घण्टाअघि

‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’

आईतबार १७ जेठ, २०८३
८ घण्टाअघि

नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री

आईतबार १७ जेठ, २०८३
९ घण्टाअघि
प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा
आईतबार १७ जेठ, २०८३
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक
आईतबार १७ जेठ, २०८३
‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’
आईतबार १७ जेठ, २०८३
नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै
आईतबार १७ जेठ, २०८३
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०