विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
रुघाले सताएपछि ओली अहिले आराम गरिरहेको बताइएको छ ।
अस्वस्थ भएकै कारण उनी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा उपस्थित हुन सकेनन् ।
बैठक शनिबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको थियो । जसमा हिजो ओलीले दुई घण्टा ७ मिनेटजति बोलेका थिए ।
केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालका अनुसार हिजो बोल्दा पनि गाह्रो अवस्था थियो ।