तीन राउन्ड गोली हानेर हात्तीको हत्या, दारा र पुच्छरको रौं गायब !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ ब‌ैशाख, २०८१
२ वर्षअघि

झापा । झापामा तस्करले तीन राउन्ड गोली हानेर हात्तीको हत्या गरी दारा र पुच्छरका रौं गायब बनाएका छन् ।

यस्तो घटनामा झापामा पहिलोपटक भएको हो । यसअघि करेन्ट लगाएर र विद्युतीय धरापमा परेर हात्तीहरू मारिने गरे पनि बन्दुकको गोलीले हात्ती मारिएको यो पहिलो घटना भएको जनाइएको छ ।

झापाको मेचीनगर नगरपालिका-११ स्थित कालिका सामुदायिक वनभित्र तस्करले हात्तीलाई गोली हानेर मारी हात्तीका दारा र पुच्छरको रौँ लगेका हुन् ।

मंगलबार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृतावस्थामा फेला परेको थियो ।

हात्तीको कानको छेउमा गोली हानेको भेटिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।

हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउको भागमा गोली हानेर हात्ती मारिएको हुनसक्ने उनको आँकलन छ ।

कहाँ गोली लाग्छ भनेर थाहा पाउने सिकारीको समूहले तीन राउन्ड गोली हानेको देखिएको उनी बताउँछन् ।

हात्तीको शरीरबाट गोली निकाल्न सकिएको छैन । गोली धेरै भित्र पसेकाले झिक्न नसकिएको हो ।

‘कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउनका लागि गोली झिक्न सक्नुपर्छ तर सकिएन,’ उनले भने, ‘हात्तीको हड्डी दरो हुने भएकाले हतपत गोली झिक्न सकिँदैन ।’

हात्ती मारेर आराले दारा काटेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि प्रमुख राईले बताए ।

हात्तीको दारा र पुच्छर महँगो मूल्यमा बिक्री हुने भएपछि तस्कर समूहले पहिलो पटक झापामा यस प्रकारको घटना घटाएको डिभिजन वन कार्यालय झापाको भनाइ छ ।

यसले यहाँ रहेका हात्तीहरू असुरक्षित रहेको पाइएको छ । झापाका जंगलहरूमा केही समययता धेरैको सङ्ख्यामा हात्तीहरू रहेका छन् ।

हात्तीलाई गोली हानेर मारिएको घटना जघन्य अपराध भएको भन्दै मेची चरा तथा वन्यजन्तु संरक्षण समाजले तत्काल घटनाको विषयमा छानबिन गरेर दोषीलाई पक्राउ गरेर कारबाही गर्न अनुरोध गरेको छ ।

प्रकाशित समय: बिहिबार ६ ब‌ैशाख, २०८१, १०:५२:५८

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०