तीन राउन्ड गोली हानेर हात्तीको हत्या, दारा र पुच्छरको रौं गायब !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ ब‌ैशाख, २०८१
२ हप्ताअघि

झापा । झापामा तस्करले तीन राउन्ड गोली हानेर हात्तीको हत्या गरी दारा र पुच्छरका रौं गायब बनाएका छन् ।

यस्तो घटनामा झापामा पहिलोपटक भएको हो । यसअघि करेन्ट लगाएर र विद्युतीय धरापमा परेर हात्तीहरू मारिने गरे पनि बन्दुकको गोलीले हात्ती मारिएको यो पहिलो घटना भएको जनाइएको छ ।

झापाको मेचीनगर नगरपालिका-११ स्थित कालिका सामुदायिक वनभित्र तस्करले हात्तीलाई गोली हानेर मारी हात्तीका दारा र पुच्छरको रौँ लगेका हुन् ।

मंगलबार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृतावस्थामा फेला परेको थियो ।

हात्तीको कानको छेउमा गोली हानेको भेटिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।

हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउको भागमा गोली हानेर हात्ती मारिएको हुनसक्ने उनको आँकलन छ ।

कहाँ गोली लाग्छ भनेर थाहा पाउने सिकारीको समूहले तीन राउन्ड गोली हानेको देखिएको उनी बताउँछन् ।

हात्तीको शरीरबाट गोली निकाल्न सकिएको छैन । गोली धेरै भित्र पसेकाले झिक्न नसकिएको हो ।

‘कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउनका लागि गोली झिक्न सक्नुपर्छ तर सकिएन,’ उनले भने, ‘हात्तीको हड्डी दरो हुने भएकाले हतपत गोली झिक्न सकिँदैन ।’

हात्ती मारेर आराले दारा काटेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि प्रमुख राईले बताए ।

हात्तीको दारा र पुच्छर महँगो मूल्यमा बिक्री हुने भएपछि तस्कर समूहले पहिलो पटक झापामा यस प्रकारको घटना घटाएको डिभिजन वन कार्यालय झापाको भनाइ छ ।

यसले यहाँ रहेका हात्तीहरू असुरक्षित रहेको पाइएको छ । झापाका जंगलहरूमा केही समययता धेरैको सङ्ख्यामा हात्तीहरू रहेका छन् ।

हात्तीलाई गोली हानेर मारिएको घटना जघन्य अपराध भएको भन्दै मेची चरा तथा वन्यजन्तु संरक्षण समाजले तत्काल घटनाको विषयमा छानबिन गरेर दोषीलाई पक्राउ गरेर कारबाही गर्न अनुरोध गरेको छ ।

प्रकाशित समय: बिहिबार ६ ब‌ैशाख, २०८१, १०:५२:५८
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०