बर्जुका अग्निपीडितले पाए क्षतिपूर्ति, राज्यमन्त्री गुरुङले गरिन् हस्तान्तरण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ ब‌ैशाख, २०८१
२ हप्ताअघि

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाका अग्निपीडित जनतालाई कोशी प्रदेश सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराएको छ ।

गत चैत्र ४ गते भएको आगलागीमा परी जनधनको क्षति व्यहोरेका बर्जु–४ स्थित जयनगर टोलका १५ घरधुरीलाई सरकारले क्षतिपूर्ति दिएको हो ।

कोशी प्रदेशकी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता कुमारी गुरुङले सोमबार बर्जुका अग्निपीडितलाई क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरेकी हुन् ।

रकम हस्तान्तरण गर्दै उनीले अग्निपीडितहरुको पुर्नबासका निम्त्ति प्रदेश सरकारले तयारी गरिरहेको बताइन् ।

संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्मित कार्यविधि अनुसार अग्निपीडितलाई आवासको व्यवस्थापन मिलाउन आवश्यक गृहकार्य भइरहेको उनीले जानकारी दिइन् ।

आगलागीमा परी ठुलो जनधनको क्षति व्यहोरेका पीडित परिवारलाई कोशी प्रदेश सरकारले विपदसम्बन्धी कार्यविधि अनुसार क्षतिपूर्ति दिँदै आएको छ ।

बर्जु–४ का अग्निपीडित जनताले पनि सोमबार सोही कार्यविधिअनुसार क्षतिपूर्ति रकम प्राप्त गरेका हुन् ।

ठुलो जनधनको क्षति भएका कुल १५ मध्ये १३ घरधुरीलाई रु. ३० हजार र बाँकी २ घरधुरीलाई रु. ५० हजारका दरले क्षतिपुर्ति उपलब्ध गराईएको सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सुनसरीको बर्जु–४ स्थित जयनगर टोलमा गत चैत्र ४ गते आगलागी भएको थियो । आगलागीमा स्थानीयको ठुलो धनमालको क्षति भएको थियो ।

लाखौंको धनमाल र गरिखाने आधार नै जलेर नष्ट भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले समेत गत चैत्र दोश्रो साता घटनास्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी थिइन् ।

बर्जु–४ का अग्निपीडित जनताहरु हाल भने अस्थायी टहरामा बस्दै आएका छन् ।

प्रकाशित समय: सोमबार ३ ब‌ैशाख, २०८१, १७:४७:११
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०