बर्जुका अग्निपीडितले पाए क्षतिपूर्ति, राज्यमन्त्री गुरुङले गरिन् हस्तान्तरण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाका अग्निपीडित जनतालाई कोशी प्रदेश सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराएको छ ।

गत चैत्र ४ गते भएको आगलागीमा परी जनधनको क्षति व्यहोरेका बर्जु–४ स्थित जयनगर टोलका १५ घरधुरीलाई सरकारले क्षतिपूर्ति दिएको हो ।

कोशी प्रदेशकी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता कुमारी गुरुङले सोमबार बर्जुका अग्निपीडितलाई क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरेकी हुन् ।

रकम हस्तान्तरण गर्दै उनीले अग्निपीडितहरुको पुर्नबासका निम्त्ति प्रदेश सरकारले तयारी गरिरहेको बताइन् ।

संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्मित कार्यविधि अनुसार अग्निपीडितलाई आवासको व्यवस्थापन मिलाउन आवश्यक गृहकार्य भइरहेको उनीले जानकारी दिइन् ।

आगलागीमा परी ठुलो जनधनको क्षति व्यहोरेका पीडित परिवारलाई कोशी प्रदेश सरकारले विपदसम्बन्धी कार्यविधि अनुसार क्षतिपूर्ति दिँदै आएको छ ।

बर्जु–४ का अग्निपीडित जनताले पनि सोमबार सोही कार्यविधिअनुसार क्षतिपूर्ति रकम प्राप्त गरेका हुन् ।

ठुलो जनधनको क्षति भएका कुल १५ मध्ये १३ घरधुरीलाई रु. ३० हजार र बाँकी २ घरधुरीलाई रु. ५० हजारका दरले क्षतिपुर्ति उपलब्ध गराईएको सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सुनसरीको बर्जु–४ स्थित जयनगर टोलमा गत चैत्र ४ गते आगलागी भएको थियो । आगलागीमा स्थानीयको ठुलो धनमालको क्षति भएको थियो ।

लाखौंको धनमाल र गरिखाने आधार नै जलेर नष्ट भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले समेत गत चैत्र दोश्रो साता घटनास्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी थिइन् ।

बर्जु–४ का अग्निपीडित जनताहरु हाल भने अस्थायी टहरामा बस्दै आएका छन् ।

प्रकाशित समय: सोमबार ३ ब‌ैशाख, २०८१, १७:४७:११

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०