भोजपुरमा एकाबिहानै लुटपाट : हतियारसहित पक्राउ परे वैद्यका कार्यकर्ता

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ ब‌ैशाख, २०८१
२ वर्षअघि

भोजपुर । भोजपुरमा एक जना महिलामाथि एकाबिहानै भएको लुटपाटको घटनामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्ता संलग्न रहेको पत्ता लागेको छ ।

प्रहरीका अनुसार षडानन्द नगरपालिका–२ की ५८ वर्षीया किपासाङ ल्हामु शेर्पामाथि हतियारधारी व्यक्तिले आइतबार बिहान ९ बजेतिर लुटपाट गरेका थिए ।

षडानन्द–९ स्थित जुगे जंगलमा हतियार देखाउँदै शेर्पाले लगाएको सुनका गरगहना र नगद लुटेर अपरिचित पुरुष फरार भएको जानकारी प्रहरीले प्राप्त गरेको थियो ।

उक्त घटनामा वैद्य समूहका कार्यकर्ताको संलग्नता यकिन भएको हो । घटनामा संलग्नलाई पक्राउ गर्नका लागि भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले विशेष टोली परिचालन गरेका थिए ।

इलाका प्रहरी कार्यालय दिंलाबाट खटिएको इन्सपेक्टर कैलाशकुमार अधिकारी नेतृत्वको टोलीले लुटपाटमा संलग्न व्यक्तिलाई राति ८ बजेतिर पक्राउ गरेको हो ।

घटनास्थल वरपर खोजी तीव्र बनाएको प्रहरी अन्ततः लुटपाटमा संलग्न हतियारधारी व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको छ ।

उक्त अपराधिक घटनामा संलग्न भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ३७ वर्षीय सुमित भनिने सुमत परियारलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए ।

उनका अनुसार अपराधिक पृष्ठभूमि भएका परियारलाई इन्सपेक्टर कैलाशकुमार अधिकारी नेतृत्वको टोलीले षडानन्द–९ भुल्केस्थित जंगलबीचको मूल बाटोबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान र कारबाही अघि बढाउन उनलाई सोमबार बिहानका राति जिल्ला प्रहरी कार्यालय भोजपुर पुर्‍याइएको छ ।

परियार यसअघि पनि विभिन्न मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरेर छुटेका अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।

कैद भुक्तान गरेर जेलबाट छुटेपछि पुनः उनी अपराधमा संलग्न बनेको पाइएको प्रहरीको भनाइ छ ।

डिएसपी पाठकका अनुसार पक्राउ परेका परियारको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, म्याग्जिन, सानो पेस्तोलमा प्रयोग हुने ११ राउण्ड गोली, ९ हजार ५० रूपैयाँ नगद र सुनका गरगहना बरामद भएको छ ।

हतियार, गोली र महिलाबाट लुटिएको गहना एवं नगदसहित परियारलाई पक्राउ गर्न प्रहरी सफल भएको पाठकले बताए ।

उनका अनुसार प्रारम्भिक सोधपुछका क्रममा परियारले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् ।

परियार यसअघि ३ वर्ष ६ महिना जेल बसेर छुटेका थिए । सजाय भुक्तान गरेर कारागारमुक्त भएपछि पुनः उनी अपराधमै संलग्न भएको प्रहरीको भनाइ छ ।

डिएसपी पाठकका अनुसार कैद सजाय भुक्तान गरी जेलबाट छुटेपछि परियार हतियार लिएर लुटपाट एवं डकैतीमा संलग्न रहेको खुलेको छ ।

उक्त हतियार (पेस्तोल) उनले कहाँबाट ल्याएभन्ने खुल्न बाँकी छ । यद्यपि, घटनाको विस्तृत अनुसन्धान अघि बढाइसकिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध परियार त्यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा हुँदै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)मा आवद्ध थिए ।

विभिन्न अपराधिक घटनामा संलग्न परियारलाई प्रहरीले यसअघि २०७६ साल फागुन २१ गते पक्राउ गरेर मुद्दा चलाएको थियो ।

प्रहरीले उनीविरुद्ध संगठित अपराध, अपराधिक उपद्रव, एनसेल टावर एवं जेसीबीमा आगजनी तथा राज्यविरुद्धको कसूरसमेतका ५ वटा मुद्दा चलाएको थियो ।

ती मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्‍यो । अदालतले परियारलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो ।

सजाय भुक्तान गरेर २०८० साल भदौमा जेलबाट छुटेका उनी पुनः अपराधमा संलग्न भएको प्रहरीको भनाइ छ ।

अन्य अपराधिक घटनामा पनि संलग्न रहेको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको डीएसपी पाठकले बताए ।

उनका अनुसार परियारविरुद्ध हातहतियार खरखजना र डाँका मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित समय: सोमबार ३ ब‌ैशाख, २०८१, १५:१२:१३

सम्बन्धित खबर

विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण

बिहिबार १० ब‌ैशाख, २०८३
३६ minutes

कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

बिहिबार १० ब‌ैशाख, २०८३
१ घण्टाअघि

हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना

बिहिबार १० ब‌ैशाख, २०८३
३ घण्टाअघि

मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित

बिहिबार १० ब‌ैशाख, २०८३
३ घण्टाअघि

महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु

बिहिबार १० ब‌ैशाख, २०८३
४ घण्टाअघि

संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै

बिहिबार १० ब‌ैशाख, २०८३
५ घण्टाअघि
१० दिनपछि नेप्से २८०० मुनि, कारोबार पनि घट्यो
बिहिबार १० ब‌ैशाख, २०८३
विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण
बिहिबार १० ब‌ैशाख, २०८३
कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन
बिहिबार १० ब‌ैशाख, २०८३
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
बिहिबार १० ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै
बिहिबार १० ब‌ैशाख, २०८३
आज मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने
बिहिबार १० ब‌ैशाख, २०८३
छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
पोखरामा ‘स्वीप अपरेसन’ : एकै रात १२२ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०