विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ हर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति १०:३० बजेतिर हर्दियास्थित कालाबन्जर-बांगे भित्री पक्की सडकखण्डमा कालाबञ्जरबाट बांगेतर्फ आउँदै गरेको को ३६प २५६७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
आफैं अनियन्त्रित भएको मोटरसाइकल सडकको दाँयातिर रहेको नालामा झरेर दुर्घटना हुँदा चालक बराहक्षेत्र-७ का अन्दाजी २० वर्षीय सञ्जीव माझीको घटनास्थलमै मृत्यु भएको हो ।
सोही मोटरसाइकलमा पछाडि सवार बराहक्षेत्र-७ का अन्दाजी २३ वर्षी विशाल कोइराला भने घाइते भएका छन् ।
उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते उनको टाउको र छातिमा चोट लागेको छ ।
दुर्घटनामा परेको मोसा इलाका प्रहरी कार्यालय महेन्द्र नगरको नियन्त्रणमा छ ।
तीव्र गतिमा मोटरसाइकल कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।