विराटनगर । समाजसेवामा सक्रिय अभिषेक गिरीले स्थापना गरेको गिरी फाउन्डेसनले मोरङको कटहरी गाउँपालिका-२ का ८० परिवारलाई सहयोग गरेको छ ।
शनिबार नयाँ वर्ष २०८१ को अवसर पारेर अध्यक्ष गिरीले कटहरी-२ स्थित कदमगछियाका मुसहर समुदायका ८० परिवारलाई लत्ताकपडा र झुल सहयोग गरेका हुन् ।
गर्मीसँगै बढेको लामखुट्टेले टोकेर विभिन्न स्वास्थ्य समस्या बेहोर्नुपरेको गुनासो स्थानीयबाट आएपछि सहयोग गरिएको गिरीले बताए ।
उनले भने, ‘यहाँ लामखुट्टेका कारण स्वास्थ्य समस्या भइरहेको जनगुनासो आएपछि सहयोग गर्न आएको हुँ ।’