हेरिटेज इन्टरनेसनल स्कुलको दीक्षान्त समारोह : केजीबाट एक कक्षामा पुगेका विद्यार्थी दीक्षित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ चैत, २०८०
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-४ बरगाछीस्थित हेरिटेज इन्टरनेसनल स्कुलले कक्षा सिनियर केजी उत्तीर्ण गरी कक्षा एकमा पुगेका आफ्ना विद्यार्थीलाई दिक्षान्त गरेको छ ।

बुधबार स्कुलको प्रांगणमा एक कार्यक्रमको आयोजना गरी हेरिटेजले दीक्षान्त समारोह गरेर केजीबाट एक कक्षामा पुगेका विद्यार्थीलाई दीक्षित गरिएको हो ।

Advertisement

कार्यक्रममा बालबालिकाले आफ्नो प्रस्तुति दिँदै दिक्षित भएको प्रमाण–पत्र लिए ।

दीक्षान्त कार्यक्रममा अभिभावक, सञ्चालक समिति र शिक्षक, शिक्षिकाहरूको उपस्थिति थियो ।

कार्यक्रममा अभिभावले हेरिटेज स्कुलले पठनपाठन मात्रै नभई अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिँदै आफ्ना सन्तानलाई शिक्षा दिएकोमा स्कुल सञ्चालक र शिक्षक-शिक्षिकाप्रति आभार व्यक्त गरे ।

स्कुल समितिका सञ्चालक अरुण राठीले किताबी ज्ञानमात्रै नभएर विद्यार्थीको मनोभावनालाई बुझेर उनीहरूले चाहेको विषय र अतिरिक्त क्रियाकलापमा समेत दक्ष बनाउन विद्यालय लागिपरेको सुनाए ।

चाँडै विद्यालयले सफ्टवेयर कक्षासमेत सञ्चालन गर्ने योजना रहेको राठीको भनाइ थियो ।

यस्तै, बालबालिकालाई कस्तो बनाउने भन्नेमा अभिभावकको समेत महत्त्वपूर्ण भूमिका हुने भन्दै व्यवहारिक ज्ञानमा समेत जोड दिँदै आएको विद्यालयका प्रिन्सिपल सुशान्त बानियाँले बताए ।

प्रगतिशील शिक्षण विधि अपनाएर सिकाई सहजीकरण गरिरहेको बताउँदै उनले गुणस्तरीय शिक्षातर्फ केन्द्रित भई आफूहरूले काम गरिरहेको बताए ।

विद्यालयकी निर्देशक वार्निका राठीले स्कुलले सबै विद्यार्थीलाई समान व्यवहारका साथ गुणस्तरीय शिक्षण सिकाईमा ध्यान दिएको बताइन् ।

दिक्षान्त समारोहमा फरक फरक विधामा उत्कृष्ट भएका विद्यार्थीलाई प्रमाणपत्रसमेत प्रदान गरएको थियो ।

हेरिटेज स्कुलमा हाल तीन सयभन्दा बढी विद्यार्थी अध्यनरत छन् ।

अनुभवी, सिर्जनशील र विषयगत दक्षता भएका शिक्षक-शिक्षिकाले भरिएको उक्त स्कुल अभिभावकको रोजाइमा पर्दै आएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०