एसइई : मोबाइलबाट प्रश्नपत्र आउट गर्ने तीन परीक्षार्थी निष्कासित, दुई निरीक्षक पनि कारबाहीमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ चैत, २०८०
२ वर्षअघि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाएर चिट चोर्ने खोटाङमा तीन जना विद्यार्थीलाई निष्कासन गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि परीक्षा केन्द्रमा मोबाइलसहित भेटिएका तीन जना विद्यार्थीलाई परीक्षाबाट निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइ खोटाङले जनाएको छ ।

Advertisement

एकाइका निमित्त प्रमुख नन्दबहादुर विश्वकर्माको टोली बिहीबार परीक्षाको अनुगमन गर्न पुग्दा विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको भेटिएको हो ।

मोबाइलमा मेसेन्जर ग्रुप बनाएर चिट चोरिरहेको भेटिएपछि तत्काल तीन जना विद्यार्थीको बिहीबारको परीक्षा रद्द गरिएको निमित्त प्रमुख विश्वकर्माले बताए ।

उक्त तीन जना विद्यार्थी रहेको २ वटै कक्षाका निरीक्षकलाई हटाइएको छ ।

एउटा कोठमा एक जना सरस्वती मावि पाथेका र अर्को कोठामा कालिका मावि खार्मीका दुई जना विद्यार्थीसँग मोबाइल भेटिएको थियो ।

उक्त दुई कोठाका निरीक्षक हरिप्रसाद भट्टराई र सुमना दाहाललाई तत्काल हटाइएको एकाइ निमित्त प्रमुख विश्वकर्माले बताए ।

बिहीबार ऐच्छिक प्रथम (अर्थशास्त्र) को परीक्षा सञ्चालन भइरहँदा खार्मीका विद्यार्थीले फेसबुक मेसेन्जरमा “इकोनोमिक्स ग्रुप” नामको समूह निर्माण गरिएको भेटिएको छ ।

उक्त समूहमा विद्यार्थीले प्रश्न पठाउने र कालिका मावि खार्मीका प्रधानाध्यापक प्रकाश राईले बाहिरबाट उत्तर पठाइदिएको पाइएको विश्वकर्माले बताए ।

सरस्वती माविका विद्यार्थीको मोबाइलमा “क्लास टेन स्टुडेन्ट” नामक मेसेन्जर समूहबाट पश्नपत्र पठाउने र उत्तर आउने गरेको थियो । उक्त समूहमा कसले उत्तर पठाएको भन्ने खुल्न बाँकी रहेको विश्वकर्माको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०