विराटनगर । हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञानबहादुर खड्का दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् ।
विराटनगरमा शनिबार सम्पन्न प्रदेशको दोस्रो अधिवेशनबाट खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
खड्का विराटनगरस्थित शिक्षादीप कलेजका प्रिन्सिपल पनि हुन् । नवनिर्वाचित अध्यक्ष खड्काले निजी शैक्षिक संस्थाको हकहितमा लागि परेर काम गर्ने बताए ।
हिसनको वरिष्ठ उपाध्यक्ष गणेश दुलाल, राधेश्याम ढकाल, उपाध्यक्षमा निलम अधिकारी, सचिवमा दिपेश बास्तोला, सहसचिवमा लक्ष्मण ढकाल, कोषाध्यक्षमा भूपेन्द्र न्यौपाने र सहकोषाध्यक्षमा प्रकाश भण्डारी रहेका छन् ।
यस्तै, सदस्यहरूमा चन्द्रप्रसाद खनाल, राजेन्द्र अधिकारी, राम कालाखेती, खेमराज बाँस्तोला र मनिष भट्टराई रहेका छन् ।